धरान/ सुनसरीको धरानमा कोशी प्रदेश स्तरीय एसईई आइडलको खोजी सुरु भएको छ ।
फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल टिभी र फक्ताङलुङ खबर डटकमको आयोजनामा एसईई आइडल सिजन ५ अन्र्तगत् ‘सिङ्गीङ, डान्सिङ र वक्तृत्वकला’ को लागि पहिलो अडिसनद्धारा कोशी प्रदेशभरीका क्षमतावान प्रतिभावहरुको खोजी सुरु भएको हो ।
आयोजक संस्था फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष एवम् प्रतियोगिताको परिकल्पनाकार डम्बरकुमार तुम्बापोका अनुसार पहिलो अडिसनमा १५० जना विद्यार्थीले उक्त कार्यक्रममा सहभागिता जनाए भने अडिसन युएन नवोदय कलेज धरान १६ को कार्यक्रम हलमा सम्पन्न भएको हो ।
तुम्वापोले कोशी प्रदेशभरीका प्रायः१४ वटै जिल्ला ९सुनसरी, मोरङ, झापा, इलाम, ताप्लेजुङ, पाँचथर, धनकुटा, उदयपुर, तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ, ओखलढुङगा, सोलुखुम्बु० का विद्यार्थीले अडिसनमा सहभागी भएर यस वर्षको आइडल कार्यक्रमबाट फाइनल हुने वताए ।
‘फिजिकल अडिसनमा आउन नभ्याउनेहरुका लागि र छुटेका अन्य विद्यार्थीको लागि वैशाख १२ गतेसम्म अडिसनका लागि खुल्ला गरिएको छ’, अध्यक्ष तुम्बापोले बताएका छन् ।
उनका अनुसार दोश्रो चरणको छनौट आगामी वैशाख १३ गते हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको निर्णायकहरुमा गायनतर्फ गायक विकास लिम्बू तुम्बापो, विनायक राई र नृत्यतर्फ राष्ट्रिय कोरियोग्राफर प्रितम सम्वाहाम्फे, नृत्यङ्गना रेश्मा राई छन् । वक्तृत्वकलाका लागि डा। सुभाष न्यौपाने र प्राध्यापक विद्या झा छन् ।
विजेता आइडलले पुरस्कार र अवसर पाउने
प्रतियोगिताअन्तर्गत नृत्य र गायनतर्फका बिजेताले नगद ५० हजारसहित कक्षा–११ र १२ निःशुल्क प्लस टु पढ्ने अवसर, निःशुल्क मुस्ताङ भ्रमणको व्यवस्था गरिएको छ भने वक्तृत्वकलातर्फको बिजेताले नगद ६० हजार र कक्षा–११ र १२ निःशुल्क प्लस टु पढ्ने अवसर, निःशुल्क मुस्ताङ भ्रमणको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
फस्ट रनरअपले ३० हजार, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति, अन्य गिफ्ट ह्याम्पर, सेकेण्ड रनरअपले २० हजार, प्लस टु पढ्न ३० प्रतिशत छात्रवृत्ति, विभिन्न गिफ्ट हयाम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यसका साथै विभिन्न सब–टाइटलहरू पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
२०७५ सालमा पहिलोपटक ‘एसइई स्टेट १ आइडल’ नामक प्रतियोगिता शुरु भएका थियो ।