धरान सहित मुलुकभर ईद उल फित्र सम्पन्न

  • चैत १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान सहित ईस्लाम धर्मावलम्बीको चाड ईद (ईद उल फित्र) सोमबार मुलुकभर नमाज पढेर खुसी साटासाट गर्दै मनाइएको छ ।
धरान मुस्लिम एकता समाजले इद उल फित्र , रमजानको अवशरमा बृहत इफ्तार कार्यक्रम गरेको छ । कोशी प्रदेश सरकारका खानेपानी तथा सिचाइ मन्त्री एकराज कार्की को प्रमुख आतिथ्यमा भएको थियो ।

धरान ३ स्थित सरस्वती वाल आश्रममा भएको कार्यक्रममा मुस्लिम समाज , मदरसा तथा मस्जिदको उन्नति तथा हकहितमा योगदान पुर्याको भन्दै मुस्लिम अगुवा शेख युसुफ अलिलार्ई सम्मान गरिएको थियो । समाजका अध्यक्ष फिरोज अलिको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सदस्य रमेश बस्नेत र बिजय राई तथा डाक्टर खालिद हुसैन लगाएतले रमजानको शुभकामना दिनु भएको थियो । कार्यक्रममा नेपाली काग्रस नगर सभापति श्याम पोख्रले , नेकपा एमाले नगर अध्यक्ष हर्कजङ एभेङ , जसपा धरान अध्यक्ष ताजुव लिम्बु लगाएको उपस्थिती रहेको थियो ।


मुस्लिम समुदायले एक महिनाको ब्रत (रोजा) बस्न तथा दान दक्षिणा दिन सफल भएको खुसियालीमा यो पर्व मनाउने गर्छन् । ‘ईद’ को अर्थ खुसी साटासाट गर्नु हो । मुस्लिम समुदायले बिहानै उठेर नुहाइधुवाइ गरेर खुला स्थान वा नजिकको मस्जितमा गएर नमाज पढ्ने गर्छन् । नमाज पढेपछि परिवारजन तथा साथीभाईसँग भेटघाट गरेर खुसी सटासाट गर्ने प्रचलन रहेको मुस्लिम अगुवाको भनाइ छ ।

ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । यस अवसरमा विभिन्न मिष्टान्न, परिकार खाने र खुवाउने परम्परा रहिआएको छ ।मुस्लिम आयोगको अगुवाइ र धार्मिक संस्थासँगको सहकार्यमा काठमाडौँसहित विभिन्न जिल्लाबाट आइतबार साँझ चन्द्रमा देखिएको एकीन गरिएको र आज सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरिएअनुसार भएको आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले बताए ।

सरकारले ईदका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । सरकारी तथ्याङ्कअनुसार मुलुकमा कुल जनसंख्यायाको पाँच दशमलव नौ प्रतिशत मुस्लिम समुदाय छ । तराई–मधेसका रौतहट, कपिलवस्तु, बारा र बाँके तथा पहाडका गोरखा, अर्घाखाँची र कास्कीलगायत जिल्लामा मुस्लिम समुदायको बाहुल्यता रहेको छ ।

बाह्रदशी जेसीजले १७ ...

झापा/  बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा ...

राष्ट्रिय युवा संघ न ...

पोखरा/ नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल ...

नवाेदय विद्यालयमा वि ...

धरान/ सुनसरीको धरान–१६, अन्नपूर्ण चोकस् ...

बराहक्षेत्र मन्दिर प ...

सुनसरी/ गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले कटान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved