वराहक्षेत्रमा होटल तथा होमस्टे सञ्चालकका लागि हस्पिटालिटी व्यवस्थापन तालिम सम्पन्न संगम बिष्ट

  • चैत १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा/ वराहक्षेत्र नगरपालिका अन्तर्गत होटल तथा होमस्टे सञ्चालकहरूलाई लक्षित गरी हस्पिटालिटी व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ।

नगरपालिकाको आर्थिक विकास शाखामार्फत आयोजित उक्त तालिम चतरा स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा तीन दिनसम्म सञ्चालन भयो।

तालिममा वराहक्षेत्रका पर्यटकीय क्षेत्रमा रहेका होटल, होमस्टे तथा नगरपालिकाका प्रमुख बजार क्षेत्रका व्यवसायीहरूको सहभागिता रहेको थियो।

तालिमको समापन समारोहमा नगर प्रमुख रमेश कार्कीले सहभागिहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।

समापन कार्यक्रममा व्यवसायीहरूले नगर प्रमुखको रोहबरमा सात बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे।

प्रतिबद्धतामा व्यवसायलाई कानुनी रूपमा दर्ता गरी नविकरण गर्ने, अवैध गतिविधिमा संलग्न नहुने, गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्ने, सरसफाइ तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्ने लगायतका विषय समेटिएका थिए।

कार्यक्रममा वडा नं १ का अध्यक्ष किसन थापा मगर, वडा नं २ का वडा सदस्य चुनु श्रेष्ठ, सिर्जना परियार, आर्थिक विकास शाखाका प्रमुख मात्रिका तिवारी, उद्योग वाणिज्य चतराका अध्यक्ष कृष्ण कट्टेल, आदर्श माविका पूर्व प्रधानाध्यापक ज्ञानबहादुर पाण्डे लगायत उद्योग वाणिज्य चतराका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सम्पन्न तालिममा ७० जना भन्दा बढी होटल तथा होमस्टे सञ्चालकहरूको सहभागिता रहेको थियो।

तालिममा सरसफाइ, किचन व्यवस्थापन, अतिथि सत्कार, सुविधा व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको आर्थिक विकास शाखाका प्रमुख मात्रिका तिवारीले जानकारी दिए।

 

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved