सुनसरी/हङकङमा नेपाल फेष्ट २०२५ हुने भएको छ ।धरान हङकङ मञ्च र एस अफ स्पेड्स इन्टरटेनमेन्ट संस्थाले बिहिबार धरानमा पत्रकार सम्मेलन उक्त कार्यक्रम हुने जनाकारी गराइएको हो ।उक्त कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई रहनेछन्।
धरानबासीको योगदान र मञ्चको उद्देश्य
धरान हङकङ मञ्चका सचिव रमेश चाम्लिङ राई का अनुसार, हङकङमा रहेका हजारौं धरानबासीले आफ्नै सहरको विकास, उन्नति र समृद्धि हेर्न चाहन्छन्।यही उद्देश्यले धरान हङकङ मञ्च स्थापना गरिएको हो।राईले थपे, “हङकङमा रहेका विभिन्न संघ-संस्थाले धरानको समग्र विकासमा ठूलो योगदान पुर्याएका छन्।भानुचोकको घण्टाघर र धरान-१६ स्थित रंगशालाको प्रवेशद्वार त्यसका उत्कृष्ट उदाहरण हुन्।”उनका अनुसार पछिल्लो समय धरानमा निर्माण भइरहेका पार्कहरू र खानेपानी आयोजना मा हङकङबाट ठूलो आर्थिक सहयोग प्रदान गरिएको छ।
स्थानीय सरकारसँग सहकार्यको प्रयास
धरान हङकङ मञ्चका सल्लाहकार नानिचन्द सिङ्घक ले स्थानीय सरकार धरान उपमहानगरपालिका र हङकङमा रहेका धरानबासीहरूबीच सहकार्यको सम्भावना खोज्न अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना गरिने जानकारी दिए।धरान हङकङ मञ्चले आगामी दिनमा पनि धरानको विकास र पहिचान प्रवर्द्धनका लागि थप योजनाहरू अघि बढाउने लक्ष्य राखेको जनाएको छ।