थ्रीस्टार क्लब विराट गोल्डकपको फाइनलमा

  • फागुन २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ थ्रीस्टार क्लब ९औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

विराटनगरको सहिद रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै थ्रीस्टारले उपाधि नजिकको यात्रा तय गरेको हो।

थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गर्दै टिमलाई जित दिलाए। खेलको पहिलो मिनेटमै दिपेश घलेको क्रस पासलाई प्रशान्त लिम्बुले जाली चुमाए। खेलको २८औं मिनेटमा आशिष चापागाईंको पासलाई दिपेशले गोलमा परिणत गरे।

८१औं मिनेटमा नविन लामाले गोल गर्दै टिमको जित सुनिश्चित गरे।

आर्मीका लागि कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले समान १–१ गोल फर्काए। नवयुगले खेलको ८३औं मिनेटमा गोल गरे भने दोस्रो गोल पेनाल्टीबाट निरज चौधरीले गरे।

दोस्रो हाफको अतिरिक्त समयमा थ्रीस्टारका खेलाडीले डिबक्स भित्र फल खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए।

जितसँगै थ्रीस्टारले सोमबार हुने नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीचको खेलको विजेतासँग उपाधि भिडन्त गर्नेछ।

पहिलो हाफमा २–० ले पछि परेको आर्मीले दोस्रो हाफमा आक्रामक प्रदर्शन गरे पनि पाएको अवसर सदुपयोग गर्न सकेन।

नवयुग श्रेष्ठले गोल गर्ने अवसर खोजे पनि थ्रीस्टारका गोलकिपर बिवेक मगरले उत्कृष्ट बचाउ गरे।

प्रतियोगिताको ‘प्लेयर अफ द म्याच’ थ्रीस्टारका प्रशान्त लाक्सान लिम्बु घोषित भए।

उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे। २०७४ सालमा पनि थ्रीस्टारले आर्मीलाई ३–० ले हराउँदै उपाधि उचालेको थियो।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved