वराहक्षेत्र मेयर लिग कप : वडा नं ५ फाइनलमा प्रवेश संगम बिष्ट

  • फागुन २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नं ५ विजयी भएको छ।

आइतवार सम्पन्न खेलमा वडा नं ५ ले वडा नं ९ लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

अब उपाधिका लागि वडा नं ५ ले वडा नं २ सँग प्रतिस्पर्धा गर्नेछ। वडा नं २ ले सेमिफाइनलमा वडा नं १० लाई हराउँदै फाइनल यात्रा तय गरिसकेको छ। प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ।

सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ५ का दिपेन कार्की म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँ सहित ट्रफी प्राप्त गरे।

तेस्रो स्थानको लागि मंगलबार प्रतिस्पर्धा

लिग फर्म्याटमा सुरु भएको प्रतियोगिता अन्तर्गत मंगलबार तेस्रो स्थानका लागि वडा नं ९ र वडा नं १० बीच प्रतिस्पर्धा हुनेछ।

प्रत्योगिताका पुरस्कार:

प्रथम टिम : नगद २ लाख १ हजार रुपैयाँ

उपविजेता : नगद १ लाख १ हजार रुपैयाँ

तेस्रो स्थान : नगद ५१ हजार रुपैयाँ

चौथो स्थान : नगद २५ हजार रुपैयाँ

प्रतियोगिता ३ पटक जित्ने टिमले चाँदीको ट्रफी स्वामित्वमा पाउनेछ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं ७ देबिघाटस्थित बसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिता ‘खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको हो।

1741521110507

 

सुनसरीका पत्रकार आन् ...

इटहरी । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेल विरुद्ध सु ...

सामुदायिक स्कुल ओराल ...

धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको ...

सडक सुरक्षामा गम्भीर ...

सवारी दुर्घटनाका कारण देशमा बर्सेनि हजारौँ नागरिकको ज्य ...

प्रधानमन्त्री ओली शन ...

धरान/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved