वराहक्षेत्र मेयर लिग कप : वडा नं २ फाइनलमा संगम बिष्ट

  • फागुन २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा वडा नं २ विजयी भएको छ।

वडा नं २ ले वडा नं १० लाई १-० को अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

खेलको एक मात्र निर्णायक गोल गर्ने दिपेश तामाङ्ग म्यान अफ द म्याच घोषित भए। उनले नगद २,१०० रुपैयाँ र ट्रफी प्राप्त गरे।

अब वडा नं २ ले उपाधिका लागि वडा नं ५ र वडा नं ९ बीच आइतबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि क्वार्टरफाइनल चरणमा वडा नं ५ ले वडा नं ४ लाई र वडा नं १० ले वडा नं ३ लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए।

नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता "खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान" भन्ने नाराका साथ सञ्चालन भइरहेको छ।

प्रतियोगिता वराहक्षेत्र नगरपालिका वडा नं ७, देबिघाटस्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा भइरहेको छ।

Messenger_creation_9550C68F-AD7C-452C-8319-6D084E9A8624 Messenger_creation_E8A43BE3-039A-4511-A326-7C1779C44C8B

 

 

 

 

 

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved