वराहक्षेत्र मेयर लिग कप: टाइब्रेकरमा वडा नं १० विजयी, सेमिफाइनल प्रवेश संगम बिष्ट

  • फागुन २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा वडा नं १० विजयी भएको छ।

समूह ‘बी’ बाट तेस्रो हुँदै क्वाटरफाइनलको यात्रा तय गरेको वडा नं १० ले समूह ‘ए’ को विजेता वडा नं ३ लाई टाइब्रेकरमा ३–२ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।

निर्धारित ९० मिनेटको खेल र थपिएको अतिरिक्त समयसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।

विजयसँगै वडा नं १० ले सेमिफाइनलको यात्रा तय गरेको छ। अब फाइनल प्रवेशका लागि उसले वडा नं २ र वडा नं ८ को विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘सी’ को विजेता वडा नं २ र समूह ‘बी’ बाट तेस्रो हुँदै क्वाटरफाइनल पुगेको वडा नं ८ प्रतिस्पर्धामा छन्।

पहिलो क्वाटरफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं १० का गोलरक्षक पवन मल्ल ठकुरी ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २,१०० रुपैयाँ सहित ट्रफी प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत बुधबार हुने दोस्रो क्वाटरफाइनल खेलमा समूह ‘बी’ को विजेता वडा नं ५ र समूह ‘सी’ को दोस्रो स्थान हासिल गरेको वडा नं ४ आमनेसामने हुनेछन्।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित बसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदान मा जारी प्रतियोगिता "खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान" भन्ने नाराका साथ सञ्चालन भइरहेको छ।

rr

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved