डिप्रेसनको राजधानी(साहित्य)

  • माघ १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

यो नगर अब जीवनको होइन,
मृत्युको प्रतीक्षा हो।
यहाँका गल्लीहरु
आफ्नै अस्तित्वमाथि
सन्देह गरिरहेका छन्।

र, आकाशको रङ सधैँको जस्तो निलो छैन,
यो त डिप्रेसनले पोतेको खरानीजस्तो
ओइलिएको छ।

तिमीलाई थाहा छ,
यो नगरको सुतेको हर गल्लीमा
केही झ्यालहरु छन्,
जसको पर्दा भित्र
आशंका र अविश्वासका
साँध चुलिएका छन्।

त्यही पर्दाहरुले
नगरको चिहान बन्द गरिदिएका छन्।

यहाँको समय
घडीको सुइ होइन,
एक जलिरहेको मैनबत्ती हो
जो पग्लँदैछ अनि अँध्यारोको आरनमा गुम्दैछ।

मान्छेहरु यहाँ कोही छैन,
जसले आफ्नै आत्मालाई
छल्ने कोशिश नगरेको होस्।

हस्पिटलका बेडहरु अब बिरामीका लागि होइनन्,
त्यहाँ डिप्रेसनले थलिएका
डाक्टर र नर्स सुतेका छन्।

औषधिहरु अब शरीरका रोगका लागि होइन,
आत्मा शून्य बनाउने साधन बनेका छन्।

नगरका चोकहरु एउटा नाटकको रंगमञ्च बनेका छन्।
जहाँ, चोरहरु प्रहरीको नक्कल गर्छन्।
प्रहरीहरु राजनीतिज्ञको नक्कल गर्छन्।

र राजनीतिज्ञहरु
भगवानको।
तर, सबैको अभिनय कमजोर छ,
कसैले आफ्ना मुखौटा सम्हाल्न सकिरहेका छैनन्।

यो नगरमा हावा अब सफा छैन,
यो त सिगरेटका धुवाँ, पक्की सडकको धूलो,
र चिच्याइरहेका नाराहरुको कर्कश आवाजले भरिएको छ।

यहाँ हावा त केवल
दिमागलाई भरिदिने डिप्रेसनको माध्यम हो।

तिमीले सोचेका छौ?
यहाँका कविह?
अब बिम्ब र प्रतीकको खोजी गर्दैनन्।

उनीहरु अब शब्दको हत्या गर्छन्,
त्यो हत्या,जसले आफ्नै सिर्जनाको रक्तपात गराउँछ।

नगरका पुस्तकालयहरु अब कविताका लागि होइनन्,
त्यहाँ, डिप्रेसनका डायरीहरु सजाइएका छन्।

हर पाना अब अवसादको सुस्केराले
भिजेको छ।

रात अब शून्यता ल्याउँदैन यहाँ,
रात अब भूत बनेर घुम्छ।

त्यो भूत, जसले मान्छेका सपनाहरु खान्छ।
तर,बिहान केवल सपना मात्रै मर्दैन,
साथमा आशाका टुक्राहरु पनि
सडकमा लडिरहेका हुन्छन्।

यो नगर अब केवल
एउटा गुमनाम बिम्ब बनेको छ।
जहाँ कोही तानाबाना बुन्न सक्दैन।
जहाँ आत्मा हराइसकेको छ।

जहाँ हर कोही मात्रै एक पात्र हो,
एउटा कथा होइन। यो नगर,
डिप्रेसनको राजधानी हो।
र, यसलाई अब कसैले बचाउन सक्दैन।

✍️ अनिल के घिसिङ
धरान १७

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved