धरान एक्स्पो २०८१ सकियो,५ करोड कारोबार भएको दाबी

  • माघ ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको धरान स्थित रंगशालामा पुस २५ गतेबाट सुरु भएको धरान एक्स्पो २०८१ माघ ८ गते सकिएको छ ।

नेपाली काँग्रेसका नेता, उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहद्वारा उद्घाटन गरिएको एक्स्पोलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले समापन गरेका हुन्।

प्रमुख अतिथी मन्त्री भण्डारीले स्थानीय सरकारलाई प्रष्ट नीति निर्माण गरेर सहकार्यमा अघि बढ्न सुझाव दिएका छन्। उनले भने, ूस्थानीय सरकार भएर आफनो ठाँउको स्पष्ट नीति के हो छुट्याएर अघि बढ्नुपर्छ।

हचुवाको तालमा हिँड्न मिल्दैन।ू साथै, उनले कोशी प्रदेश सरकारले धरानको खानेपानी समस्यालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

एक्स्पो मूल आयोजक समितिका संयोजक गोपाल श्रेष्ठले मेलाले धरानको व्यापारिक इतिहासलाई पुनः उजागर गर्दै स्थानीय उत्सवका रूपमा स्थापित भएको बताए।

उनका अनुसार, एक्स्पोले आर्थिक संकटको सामना गरिरहेका व्यवसायीहरूलाई राहत दिने काम गरेको छ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले एक्स्पोले रैथाने उत्पादनको प्रवर्द्धन र स्थानीय व्यापारलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखे।

कोशी प्रदेशका सांसद रमेश बस्नेतले धरानका लागि प्रदेश सरकारले तीनवटा डिपबोरिङ योजनामार्फत खानेपानी समस्याको समाधान गर्न ठोस कदम चालेको जानकारी दिए।

यस्तै, धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले स्थानीय सरकारले यस्ता मेलामा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गरे।

यस पटकको एक्स्पोमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको थियो। उत्पादनहरूको प्रदर्शनले राष्ट्रिय स्तरमै धरानको पहिचान बनाउन मद्दत गरेको आयोजकको दाबी छ।

आयोजक सुनसरी उद्योग वाणिज्य संघका अनुसार एक्स्पोलाई करिब ३ लाख दर्शकले अवलोकन गरेका थिए, भने ५ करोड रुपैयाँको कारोबार भएको दाबी छ ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved