किराया हङकङले भव्य रुपमा मनाए किरात नया वर्ष यलेदोङ ५०८५ विकास चाम्लिङ राई

  • माघ ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ किरात राई यायोक्खा हङकङले यहि माघ ६ गते जनवरी १९ को दिन किरात नया वर्ष यलेदोङ ५०८५, किराया हङकङ २७ औ स्थपना दिवस, २० औ सामुहिह चुलो स्थापना दिवस र ९ औ सुप्तुलुङ खिम(चुलो घर ) दिवसको अवसरमा किरात राई सास्कृतिक मेला २०२५ को अयोजना गरि भव्य रुपमा मनाएको छ ।

किराया हङकङले हङकङ स्थित सानविन किलिचुङमा रहेको किराया हङकङको आप्mनै भवनमा सास्कृतिक उत्सव आयोजना गरेका थिए । सामुहिक रुपमा चुला पुजा गरेर उत्सव २०२५ मनाउन सुरु गरिएको थियो ।

उत्सवको अवसरमा किराया हङकङले हङकङमा रहेर ग्राजुएट गरेका तिर्शला राई र जय राईलाई सम्मान गरेका थिए ।

उनिहरुलाई कार्यक्रमका सभाध्यक्ष किराया हङकङका अध्यक्ष गजेन्द्र राई र प्रमूख अतिथि किराय हङकङ जेष्ठ नागरिक हितवहादुर राईले फेटा गुथेर सम्मान पत्र प्रदान गरेको थियो ।

उत्सवामा किराया हङकङका विभिन्न भाषिक संस्थाले विभिन्न सास्कृतिक परिकार र भेषभुषाहरुको स्टल राखेका थिए । उत्सवामा उपस्थितिहरुलाई मनोरन्जनका लागि हाउजि ९तम्वोला० समेत खेलाइएको थियो ।

माघ १ माघे संक्राति किरात समुदायको नया वर्ष यलेदोङ रहेकोले यसैलाई अधार मानेर किराया हङकङले वार्षिक रुपमा सास्कृतिक महोत्सव गर्दै आइरहेको अध्यक्ष गजेन्द्र राईले जानकारी गराए । हङकङमा रहेका किरात राई समुदायहरुमा हाम्रो भाषा, संस्कृति र पहिचानको महत्व, संरक्षण र पर्वद्धनका लागि उत्सव आयोजनाको सुरुवात गरिएको उनले वताए ।

किराया हङकङ सन १९९८ मा स्थापना भएको हो । २०१६ मा हङकङमा रहेका किरात राईहरुले सहयोग संकलन गरि २।५ मिलियन हङकङ डलरमा भवन खरिद गरि सुप्तुलुङ खिम स्थापना गरिएको किराया हङकङका सचिव शिवकुमार राईले वताए ।

कार्यक्रममा कार्यक्रमका प्रमूख अतिथि हितवहादुर राई, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ मकाउ अध्यक्ष भिम राई, किरात याक्थुम चुम्लुङ हङकङ अध्यक्ष श्यामकुमार इङनाम, सुनुवार सेवा समाज हङकङका प्रतिनिधि देवराज सुनुवार, किराया हङकङका भाषिक संस्थाका तर्फ वाट थुलुङ सामा हङकङका अध्यक्ष रामेलि थुलुङ, संरक्षकका तर्फ वाट हेजेन राई, सल्लाहकारहरुका तर्फ वाट सुवास पुमा लगायतले सुभकामाना मन्तव्य राखेका थिए ।

maghe

धरानमा स्कार्पियो गा ...

धरान/ धरानमा एक बेवारिसे अवस्थामा भेटिएको स्कार्पियो गा ...

धरानमा मनमोहन अधिकार ...

धरान/ नेपालका प्रथम निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री ...

४० सेकेन्डको कम्पन, ...

२०७२ साल बैशाख १२ गते, शनिबार। समय थियो ११:५६। धरानको द ...

माओवादी केन्द्रको ‘च ...

विराटनगर/ कोशी प्रदेश माओवादी केन्द्रले चुरे&ndash ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved