सामुदायिक वनका फायर फाइटर नवराज विष्ट

  • पुस २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा/ गत चैत्र र वैशाखमा बराहक्षेत्रस्थित बयरवन सामुदायिक वनमा पटकपटक आगलागी भयो ।

भौगोलिक रुपमा पहाडी क्षेत्रसमेत समेटिएको वनमा आगलागी नियन्त्रण ठूलो चुनौतीका रुपमा रहेको छ ।

नेपाली सेनाका निवृत्त जनशक्तिले आगलागी नियन्त्रणमा लियो । समुद्री सतहदेखि २०४ देखि ९६० फिट उचाइमा रहेको वन भौगोलिक रुपमा जोखिमपूर्ण छ । फौजमा लिएको तालिमको अनुभव निवृत्त सेनाले उपयोग गर्दै आगलागी नियन्त्रणमा लिए ।

आफ्नो पुरानो अनुभव वन विकासमा लगाउन पाएकामा निवृत्त सेना खुसी व्यक्त गर्छन् । सामुदायिक वनले स्रोत साधन उपलब्ध गराइदिए आफ्नो सीपलाई प्रभावकारी रुपले प्रयोग गर्न सक्ने उनीहरू बताउँछन् । बराहक्षेत्र–२ स्थित बयरवन सामुदायिक वनले वनमा लाग्ने डढेलो र आगलागी नियन्त्रणका लागि सेवा निवृत्त नेपाली सेना रहेको १५ सदस्यीय समिति निर्माण गरी वन डढेंलो नियन्त्रणमा लाग्ने नीति सुरु गरेको छ ।

वनका अध्यक्ष पूष्पदीप पौडेलको संयोजकत्वमा नेपाली सेनाका सेवा निवृत्त कुमार कार्की सहसंयोजक रहने गरी समिति निर्माण गरिएको हो । समितिका सदस्यहरूमा नेपाली सेनाबाट सेवा निवृत्त निल गहतराज, रुद्रबहादुर खड्का, धनबहादुर दर्जी, प्रेम कार्की, मानबहादुर तामाङ, वसन्त कार्की, ज्ञानबहादुर नेपाली र अनिल ठटाल रहेका छन् ।

’पल्टनमा सबैले अनिवार्य तालिम लिएका हुन्छन्’, सहसंयोजक कार्कीले भने, ’हामीले वन समितिलाई आवश्यक पर्ने अग्नि नियन्त्रणमा आवश्यक साधन उपलब्ध गराउन भनेका छौं ।’

गत चैत र वैशाखमा वनमा लागेको आगोसमेत फायर फाइटरहरुले नियन्त्रणमा लिएका थिए । सेनामा अनिवार्य तालिम लिनुपर्ने बुझेपछि सेवा निवृत्तहरुको अनुभव वन विकासमा लगाउने निर्णय गरिएको वन अध्यक्ष पौडेलले बताए ।
’हाम्रा सीप सबै गाउँलेलाई सिकाउन सके हुन्थ्यो भन्ने लाग्छ,’ सहसंयोजक कार्कीले भने,’नयाँ प्रविधियुक्त सीप त आवश्यक नै हुन्छ नि ।’
सामुदायिक वनले अग्नि रेखालगायत निर्माण गर्नु पर्ने समितिका फायर फाइटर वसन्त कार्की बताउँछन् । सामुदायिक वनका अध्यक्ष पौडेलले फायर फाइटरलाई साधन सम्पन्न बनाउने वनको नीति रहेको बताए । उनले पूर्व नेपाली सेनाका तालिम प्राप्त जनशक्ति भए पनि समय सुहाउँदो आधुनिक प्रविधिको तालिमसमेत उपलब्ध गराउने समितिको कार्ययोजना रहेको बताए ।

यसैवीच बराहक्षेत्रस्थित बयरवन सामुदायिक वन उपभोक्ता समूहले नवौं वार्षिक साधारण सभामा प्रगति प्रतिवेदनसहित आर्थिक कारोबार विवरण प्रस्तुत गरेको छ ।

आइतबार वन कार्यालयको सभाहलमा प्रगति प्रतिवेदन र भावी योजना प्रस्तुत गर्दै अध्यक्ष पूष्पदीप पौडेलले सामुदायिक वनमा चुरे संरक्षण आयोजना अन्तर्गत कृषि पाठशालामा २६ कृषकले काम गरिरहेको जानकारी दिए । यस्तै निवृत नेपाली सेना, पूर्व प्रहरीहरुको सहभागितामा १५ सदस्यीय प्रकोप व्यवस्थापन समिति निर्माण गरेको उनले जानकारी दिए ।

उपभोक्तालाई लक्षित गरी १० हेक्टरमा उन्नत जातका घाँस लगाउने समितिले निर्णय गरेको र खुल्ला चरीचरन बन्द गर्ने निर्णय गरेको समेत अध्यक्ष पौडेलले बताए । उनले कार्ययोजनामा नीहित रहेर स्थानीय सरकार, प्रदेश सरकार र वनसँग समन्वय गरेर पूष्पवाटिका निर्माण गर्ने, वनको गोदाम घर निर्माण गर्ने बताए ।

साधारण सभामा आर्थिक पारदर्शिताका लागि २० लाख रुपैयाँको अनुमानित बजेट पेस गरेको, विधान संशोधन र परिमार्जनको प्रस्ताव सभामा पेस गरेको अध्यक्ष पौडेलले बताए । अध्यक्ष पौडेलले पर्यापर्यटनमा नियामक निकायसँगै सहयोगी र दातृ निकायको समेत ध्यान नभएको गुनासो गरे । उनले उपभोक्ताको रोजगारसँग जोड्ने कार्ययोजना रहेको बताउँदै पौडेलले कम्पोस्ट मल उत्पादन गर्ने स्वरोजगार विकास गर्ने बताए । ’हरियो दहमा पिकनिकस्पोट डिपिआरको काम सुरु गर्ने लक्ष्य छ ।’ अध्यक्ष पौडेलले भने ।

सभामा कोषाध्यक्ष अम्बिका कार्कीले आर्थिक वर्ष २०८०/८१ को आम्दानी, नगद प्रवाह विवरण, प्रशासनिक खर्च, सम्पत्ति, जायजेथा र उपकरण साथै दैनिक काठ दाउरा बिक्री विवरण प्रस्तुत गरिन् ।

आर्थिक विवरण प्रस्तुत गर्दै समूहको आर्थिक वर्ष २०८०/८१ को आम्दानी ६ लाख ७२ हजार ९ सय ४९ रुपैयाँ रहेको कोषाध्यक्ष कार्कीले उल्लेख गरिन् ।

उपभोक्ताले सभामा प्रस्तुत प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि टिप्पणी गरेका थिए । सभाले सुझावसहित दुई प्रतिवेदन पारित गरेको सचिव प्रवीणा विष्टले जानकारी दिइन् ।

साधारण सभामा बराहक्षेत्रका स्थानीय वन समूहका अध्यक्ष प्रतिनिधिले शुभकामना मन्तव्य दिएका थिए ।

प्रमुख अतिथि बराहक्षेत्र–२ का वडाध्यक्ष होमप्रसाद गौतमले वनले उपभोक्तालाई आर्थिक उपार्जनमा जोड दिनु पर्ने बताए । उनले पर्यापर्यटनमा जोड दिएर वन समितिले काम गर्नुपर्ने बताए । साधारणसभामा विशिष्ट अतिथि स्थानीय सामुदायिक वन महासङ्घका अध्यक्ष अमर कट्वाल, वराह सब डिभिजन वन कार्यालयका प्रमुख श्यामकुमार महतोले वन जोगाउन आग्रह गरेका थिए ।

सभामा उपाध्यक्ष केशव दर्नालले स्वागत मन्तव्य दिएका थिए । यस्तै कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य प्रेम खड्काले गरेका थिए ।
२०६३ सालमा दर्ता भएको सामुदायिक वन १६८.२३ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

२०४ देखि ९६० फिट उचाइमा वन उपस्थित छ । २.५ हेक्टर वनमा पर्यापर्यटन वन निर्धारण गरिएको छ ।

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved