कोशीको सवारीसाधनमा टायम कार्ड सुरु सडक दुर्घटना न्युनीकरण हुने सरोकारवालाहरुको अपेक्षा

  • मंसिर १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङको हातबाट बस चालक अशोक टुडुलाई टायमकार्ड हस्तान्तरण गर्दै शनिबारदेखि कोशी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा टायम कार्ड सुरु गरिएको छ ।

7e116b0f-2e06-421c-9531-14435cd6212a

सुन्दरहरैचाको पूर्व पश्चिम सडकको गछियामा आयेजिकत कार्यक्रममा डिआइजी खापुङले विराटनगरबाट काकडभिट्टा जाँदै गरेको मे १ ख ३२५४ नम्बरका बस चालक टुडुलाई जिम्मेवार चालक हुनुपर्ने प्रतिवद्धता गराउँदै कार्ड हस्तान्तरण गरेका हुन् ।

5e89a2a6-54ac-45f9-8c44-d100406eb086

सडक दुर्घटना न्यनीकरण गर्ने उदेश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय कोशीको आयोजना, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सहकार्यमा कोशी प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनमा टायम कार्ड सुरु गरिएको हो ।

4b84d726-2a0c-4141-9379-30c4593cd126

कार्यक्रममा चालक टुडुलाई मजदुर नेता भीमज्वाला राई र व्यवसायी नेता सरोज श्रेष्ठले खदा पहि¥याइदिएर अभियानको सुरुवात गरिएको थियो ।सवारीसाधनको तिब्र गतिबाट हुने सडक दुर्घटनालाई न्युनीकरण गर्ने उदेश्यले प्रदेशका १५ स्थानमा टायमकार्ड रुजु गरिने र तोकिएको समयमा मात्रै सवारीसाधनहरु हिड्नुपर्ने नियम बनाइएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि डिआइजी खापुङले सडक दुर्घटनाको जोखिम उच्च रहेकाले यसलाई न्युनीकरण गर्न सबै क्षेत्रको भूमिका हुनुपर्ने बताए ।
टायमकार्ड सुरु भएपछि सवारीसाधनले गर्ने उछिनपाछिनको अन्तइ हुने र सडक दुर्घटनामा कमी आउने विश्वास लिइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीका अध्यक्ष सरोज श्रेष्ठले बताउनुभयो ।

प्रत्येक दिन सडक दुर्घटनामा परेर ८ जनाको मृत्युहुने गरेको, वार्षिक २ हजार ८ सय ८० ले ज्यान गुमाउने गरेको तथ्यले नेपाली सडक नागरिकका लागि असुरक्षित रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए ।

राईले भने यो कार्यक्रम ट्राफिक प्रहरीले सुरुवात गरेको भएपनि यो कार्यक्रम यातायात व्यवसायी र मजदुरहरुको कार्यक्रम रहेकाले यसलाई सफल बनाउन मजदुरहरुको तर्फबाट प्रतिवद्धता जनाए ।

टायम कार्ड सुरु भएपछि धरानको तिनकुने, काकडभिट्टा, विराटनगर बसपार्क, विर्तामोड, ताराबारी, केर्खा, बेलबारी, गछिया, इटहरी कलंकी चोक, पकली, कोशीकटान र भन्टाबारीमा ट्राफिक प्रहरी अधिकारीले टायमकार्ड चेकजाँच गर्ने गरी क्याडलक तयार गरिएको कोशी प्रदेश ट्राफिक प्ररही प्रमुख एसपी विनोद घिमिरेले बताए ।

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved