पब्लिकमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सकियो

  • मंसिर १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।श्री पब्लिक हाइ स्कूल, धरानमा इलाका प्रहरी कार्यालय, धरानद्वारा आयोजित १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत साइवर अपराध तथा बालविवाह रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

विहीबार विद्यालयको सभाहलमा आयोजित यस कार्यक्रमको सहजिकरण प्रहरी निरिक्षक कोमल ठाकुरले गर्नु भएको थियो। कार्यक्रम नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था, र विद्यालयको साझेदारीमा सञ्चालन गरिएको थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय, धरानका प्रमुख प्रकाश जवेगुले भने, “लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिवद्धता र समाजका सबै तहमा ऐक्यवद्धता निम्त्याउने उद्देश्यले नेपाल सरकारको कार्यक्रम अन्तरगत यस प्रकारका सचेतना अभियानहरू सञ्चालन गरिएका छन्।”
प्रधानाध्यापक डा। इन्द्रमोहनले विद्यालयको वार्षिक योजनाअनुसार विभिन्न संघसंस्था र निकायसँग सहकार्य गरेर सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा विद्यालयका इन्चार्ज विरेन्द्र बहादुर साहले भने, “यसरी आयोजना गरिएका गतिविधिहरूले विद्यार्थीहरूको पढाइप्रति रुचि बढाउने कार्यमा पनि सहयोग पुर्याउँछन्।”
साइन्स र इलेक्ट्रिकल विभागका इन्चार्ज मोहन श्रेष्ठले कार्यक्रमका विषयवस्तुका बारेमा प्रतिक्रिया व्यक्त गर्दै भने, “कक्षा ९ र १० का विद्यार्थीहरूलाई यौवनाअवस्थाबाट उत्पन्न हुने यौनजन्य हिंसाबारे सचेत गराइएको छ, जसले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन लैङ्गिक हिंसा सहित साइवर अपराधको बारेमा पनि सचेतना गरिएकाले कार्यक्रम प्रभावकारी भएको ।”

कार्यक्रममा कक्षा ९ र १० का १०३ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved