घो्पा । सुनसरीको धरानमा निरन्तर हरेक बर्ष हुँदै आएको अम्वर ललित डिपो कप यस बर्ष भने आउने पुस १२ गते देखि सुरु हुने भएको छ ।आयोजक डिपो स्कुलले शुक्रबार पत्रकार सम्मेलनको बारेमा जानकारी दिएको हो । यो बर्ष १९ औ संस्करण हुने छ ।
कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् ।पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागिता गराई उनिहरुमा भएको प्रतिभालाइ प्रोत्साहन गर्नलाई प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्वरवहादुर लिम्वुले जानकारी गराए ।प्रतियोगिताको आयोजनाले विद्यालयहरुमा आपसि भाइचारा समेत वढ्ने अध्यक्ष लिम्वुले जनाए ।
अम्वर ललित कप २०६१ साल देखि सुरु भएको डिपो क्याम्पस प्रमूख राजकुमार राईले जानकारी गराए । लकडाउनको वेला दुई संस्करण प्रतियागिता रोकिए वाहेक प्रतियोगिता निरन्तर सम्पन्न भईरहेको उनले वताए ।दिलकुमार प्लेट च्याम्पियन अम्वर ललित डिपो कपको पहिलो चरणमा पराजित टिमहरु विच दिलकुमार प्लेट च्याम्पियन कप हुनेछ ।
पहिलो चरणमा पराजित ८ टिमले प्लेट च्याम्पियनका लागि भिड्नेछ ।प्लेट च्याम्पियनका विजेतले नगद ३ हजार १ सय ११ रुपैया र उपविजेताले २ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । डिपो कपको पहिलो चरणका खेलहरु सकिएपछि प्लेट च्याम्पियनका खेलहरु सुरु हुनेछ । प्रतियोगिताका सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा हुनेछ ।
पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समिति सदस्य एवं प्रतियोगिता संयोजक दिपवहादुर राई, सदस्य सुर्यपन्धाक लिम्वु, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई लगायतको उपस्थिति रहेको थियो ।