खाजा खर्च कटाएर अपाङ्ग गृहलाई १० हजारको खाद्य सामाग्री

  • मंसिर १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ हिबिस्कस इड।लिस वोडिड। स्कुलका विद्याथीहरुले आफ्नो खाजा खर्चको रकम जोगाएर पुनस्थापना गृहलाई सहयोृग गरेकाछन् ।

विद्यार्थीहरुले धरान १ स्थित छाता चोक अस्पतालको पुनस्थापना गृहमा १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।
हिविसकस बाल क्लवकी अध्यक्ष निनाम्मा राईले खाजा खर्चबाट कटौति गर्दा पनि कसैको भोक मेटाउन सकिन्छ भने गरौ भन्ने भावनाबाट सवैले मिलेर सहयोग गरेको वताइन ।

सवैले दैनिक खाजा खर्चबाट थोरै रकम वचाउदा पनि असहायहरुलाई सहयोग गर्न सहेकोमा आफूलाई खुशी लागेको अध्यक्ष राईको भनाई रहेको छ ।
राईका अनुसार क्लवले ५० किलो चामल, एक काटुन पोष्टमेन तेल, दाल, चाउचाउ, सावुन लगायतका सामाग्री गरेर करिव १० हजार वरावरको खाद्यान्न सहयोग गरेको जानकारी दिइन ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले खाजा खर्चबाट वचाएर मानवीय तथा सामाजिक कार्य गरेको प्रति पं्रशंसा व्यक्त गर्दै राम्रा कामको अनुशरण जो सुकैले पनि गर्न सकिने वताए ।

बाल क्लवका अध्यक्ष निनाम राईले पुनस्थापना गृहका सञ्चालक भीम राईलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी थिइन ।

आफ्ना स्कुृलका विद्यार्थीहरुले खाजा खर्च बचाएर सामाजिक कार्य गरेकोमा गर्व लागेको स्कुलका निर्देशक गंगाराम राईले वताए ।
गृहका संचालक भीम राईले साना विद्यार्थीहरुको सामाजिकतर्फ भावनात्मक कार्यको प्रशंसा गरेका थिए ।

सामाजिक क्षेत्रका लाग्न प्रेरणा मिलोस भन्ने कामना समेत गरेका थिए । केन्द्रमा वृद्ध वृद्धा वालवालिका र अपा।ग गरी ३२ जना रहेको संचालक भीम राईले वताए ।

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved