बराहक्षेत्रमा प्रहरीलाई नयाँ भवन

  • मंसिर ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिकाका–१ स्थितमा रहेको प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवनको समुद्घाटन भएको छ ।

मंसिर ५ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा बराहक्षेत्र नगरपालिकाका उप–प्रमुख नन्द कुमारी सुनुवारको अध्यक्षतामा नव निर्मित प्रहरी चौकीको शिलालेख अनावरण गरी भवनको बिधिवत रुपमा समुद्घाटन गरेका हुन् ।

नव निर्मित भवनको समुद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले धरतीको पहिलो तिर्थ स्थल बराहक्षेत्रमा प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवन निर्माण सम्पन्न भई उद्घाटन भएकोमा निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने सम्पुर्ण महानुभावहरुमा वधाई तथा धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनहरुमा जन स्तरमा प्रहरीले प्रदान गर्ने शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कार्यमा जन चाहना वमोजिमको प्रहरी सेवा प्रदान हुनेमा आफु विश्वस्त रहेको वताए ।

वहाँले प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई नयाँ भवन प्राप्त भए संगै आम नागरिकमा प्रहरीले प्रदान गर्ने सेवामा थप गुणस्तर सहितको प्रहरी सेवा प्रदान गर्न तथा भवनको सरसफाई रेख देख संरक्षण नियमितरुपमा गर्न समेत निर्देशन दिएका थिए ।

नव निर्मित भवनको उद्घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर भौतिक पुर्वाधार शाखाका प्रहरी उपरीक्षक आर्किटेक हरी डंगोलले भवन निर्माण सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक सुमन कुमार तिम्सिना तथा बराहक्षेत्र नगरपालिकाका उप–प्रमुख नन्द कुमारी सुनुवारले आ–आफ्नो मन्तव्य राखे ।

नेपाल सरकारको नियमित बजेट ३ करोड १९ लाख ४० हजार रुपैयाको लागतमा अढाई तल्ले सुबिधा सम्पन्न कार्यालय भवन, भान्साघर तथा शौचालयको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, कोशी प्रदेश प्रहरी गण बिराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रजित बहादुर क्षेत्री लगायत प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न कार्यालय, संघ संस्थाका प्रमुख, स्थानिय समाजसेवी, बुद्धिजिवि, सचारकर्मी तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved