आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो?

  • मंसिर २, २०८१
  • कोशीपत्र/संवाददाता
alt


विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् ।

विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने गर्छन् ।

यथा हि चक्रं परिवर्तते सततं,
तथा विद्या च परिवर्तते निरन्तरम्।
विद्यार्थिनां चेतसि सदा परिवर्तना,
नवीनं ज्ञानं सततं हि दीप्यते॥

जसरी पाङ्ग्रा निरन्तर घुमिरहन्छ, त्यसरी नै ज्ञानको पनि निरन्तर विकास भइरहेको छ। विद्यार्थीहरूको दिमागमा, त्यहाँ सधैं परिवर्तन हुनुपर्छ, किनकि नयाँ ज्ञान निरन्तर उज्यालो हुन्छ।"

अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो?
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो भन्नेबारे थोरै चर्चा गरौँ । त्यसो त अन्तर्राष्ट्रिय विद्यार्थी दिवस अन्य कुनै मितिमा केही विश्वविद्यालयहरुले मनाउने गरेका छन् ।

यो विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थी पढाउने विश्वविद्यालयहरुले मनाउने गरेका छन् ।सन् १९३९ को कुरा हो । नाजीहरुले चेक रिपब्लिकका विश्वविद्यालयहरुमा आक्रमण गरेका थिए ।

त्यहाँ उनीहरुले केही विद्यार्थीहरुको हत्या मात्र गरेनन्, विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर कन्सन्ट्रेसन क्याम्पहरुमा पनि पठाएका थिए । इतिहासको यो सन्दर्भबारे हाम्रो पात्रोको अर्को कुनै लेखमा फेरि छलफल गरौँला ।

त्यति बेला प्राग विश्वविद्यालयमा भएको नाजी आक्रमणमा नौ जना विद्यार्थीको हत्या भएको थियो । १२ सयभन्दा धेरै विद्यार्थीहरुलाई कन्सेन्ट्रेसन क्याम्पहरुमा पठाइएको थियो । अनि चेकका सबै विश्वविद्यालयहरु र कलेजहरु पनि बन्द गरिएका थिए ।

त्यो इतिहास, त्यति बेला हत्या गरिएका ९ विद्यार्थी र १२ सय विद्यार्थीको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

वर्ष २०२४ को नारा“Empowering Future Leaders for a Sustainable World”

यस विषयवस्तुले जलवायु परिवर्तन, प्राविधिक नवीनता, र सामाजिक न्याय जस्ता विश्वव्यापी समस्याहरू समाधान गर्न आवश्यक ज्ञान, सीप र मूल्यहरू प्रदान गर्ने महत्त्वलाई जोड दिन्छ।

थोरै चर्चा गरौँ, नेपाली राजनीतिक इतिहासमा विद्यार्थीको योगदानबारे । नेपालमा भएका ठूला राजनीतिक परिवर्तनहरुमा पनि विद्यार्थीहरुको विशेष भूमिका रहेको छ । २००७ सालमा होस् या ०४६ सालमा वा पछिल्लो पटक हामीले व्यवस्था परिवर्तन गरेको ०६२/६३ सालमा नै किन नहोस्, विद्यार्थीहरुको विशेष भूमिकालाई कसैले पनि नकार्न सक्दैन ।

त्यसैले त आज पनि हामी कलेज तथा स्कुलहरुमा, विश्वविद्यालयहरुमा समेत विद्यार्थीलाई भोलिका कर्णाधार भन्छौँ, उनीहरुको महत्त्वलाई बिर्सन सक्दैनौँ ।

-हाम्रो पात्रोका लागि सुयोग ढकाल

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved