बीपी प्रतिष्ठानको धनकुटे रोड जीर्ण पुल "मेयरलाई ध्यानाकर्षण गराएपछि पुल मर्मतको काम शुरु पुल मर्मतको काम शुरु"

  • कार्तिक २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/बीपी जाने मूल सडकमै पर्ने धनकुटे रोडको पुल जीर्ण भएपछि ममर्त शुरु गरिएको छ ।

एक पटक भत्किएर पुननिर्माण गरिएको सो पुल पटक पटक जोखिममा पर्दा समेत प्रतिष्ठानमा उपचारका लागि विरामी बोकेर जाने मुख्य सडकको दीर्घकालीन समस्या समाधानमा कसैको ध्यान गएको पाइदैन धरान वडा नं ८ र १९ जोड्ने बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान जाने मूल सडक धनकुटे रोडको पुल गत असोजमा आएको भारी बर्षाका कारण जीर्ण बनेको छ ।

दैनिक जसो सैयौ विरामी बोकेको एम्बुलेन्स ओहोरदोहोर गर्ने यो सडकको पुललाई दीर्घकालीन रुपमा निर्माण गर्न नसक्दा बर्षादका समयमा यो जीर्ण बन्ने ग गरेको छ ।यस भन्दा अगाडि यो पुल गत २०७२ असोज ८ गते साँझ ८ बजे भत्किएको थियो ।

भत्किएको ३१ महिना पछि सो पुल बनेको थियो ।

सो पुल २०७५ वैशाख २६ गतेदेखि सञ्चालनमा आएको थियो । धरानमा गत असोज १३ गते परेको भारी वर्षाले सो सडकको जग साथै पूर्वपट्टिको ग्याविन वाल भत्काउनुका साथै पुलको अघिल्तिर क्षति समेत गरेको थियो ।

ठूलो बाढी आउनुअघि नै सो पुल जोखिममा परेको थियो ।
अत्यन्तै व्यस्त सडक पटक पटक जीर्ण बन्दै गएपछि यसमा स्थानीय सरकारको ध्यानाकर्षण भएको छ ।

धरान ८ का वडाध्यक्ष धनबहादुर राईको पहलमा जीर्ण पुलको मर्मत शुरु भएको छ । वडाध्यक्ष राईले मेयर हर्कराज राईलाई पुलका विषयमा ध्यानकर्षण गराएपछि पुल मर्मतको काम शुरु गरिएको हो ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ), धरान–८ का वडाध्यक्ष धनबहादुर राई, कार्यपालिका सदस्य सावित्रा परियार दर्जी, उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठको समेत उपस्थितिमा यो पुलको मर्मत सम्भारमा धरानेहरुले श्रमदान गरेका हुन् ।

श्रमदानका लागि धरान–८ टोल टोलदेखिका सर्वसाधारणको सहभागिता रहेको वडाध्यक्ष राईले जानकारी दिए ।
वडाध्यक्ष राईका अनुसार सो पुल बनाउनका लागि १५ लाखको इस्टिमेट तयार भएको तर मेयर साम्पाङसँग सल्लाह गर्दा श्रमदानबाटै बनाऔं भन्ने निचोडमा पुगेपछि श्रमदान अभियान थालिएको हो ।

अत्यन्तै व्यस्त अस्पतालसम्म जाने सडक समेत पटक पटक भत्किएर जीर्ण बन्दा समेत सम्बन्धित पक्षले दीर्घकालीन समस्या समाधानमा पहल गरेको भने पाइदैन ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved