सुखानीका सहिद एक्लिँदै

  • कार्तिक २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

झापा/  आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको सुखानी सहिद स्मृति पार्कमा आर्थिक वर्ष २०७९/८० को तुलनामा  पर्यटक आवागमन घटेको छ ।
पार्कको मुख्य आकर्षणका रूपमा रहेको वाटर ‘म्यूजिकल फाउण्टेन’ बाट रात्रिकालीन सेवा दिन नसकेपछि पर्यटक घटेका पार्कका सहायक व्यवस्थापक योगेन्द्र रिजालले बताए ।

उनका अनुसार आव २०७९/८० मा रात्रिकालीन फाउण्टेन सञ्चालन हुँदा दुई लाख २१ हजार आन्तरिक तथा बाह्य पर्यटक पार्कमा आएका थिए ।

उक्त वर्ष टिकट शुल्कबापत रु एक करोड १० लाख सङ्कलन गरेको उनले जानकारी दिए ।फाउण्टेनमा समस्या आएसँगै दिवा सेवा मात्र सञ्चालन गर्न थालेपछि गत आवमा एक लाख ८४ हजार मात्र पर्यटक आएका व्यवस्थापक रिजालले बताए ।

‘दुवै समय फाउण्टेन सञ्चालन हुँदा पर्यटकको आगमन बढी थियो’, उनले भने, ‘अहिले फाउण्टेनमा समस्या आएर रात्रिकालीन सेवा बन्द भएपछि पर्यटक घट्न थालेसँगै पार्कको आम्दानी समेत घटेको छ ।’

दुई वर्षअघि पर्यटन मन्त्रालयको रु ५० लाख र पार्कको रु १५ लाख लागतमा फाउण्टेन निर्माण गरिएको थियो । हेरिटेज नेपाल नामक संस्थामार्फत जडान गरिएको फाउण्टेनको संरक्षण र मर्मतसम्भार नहुँदा दुवै समय सञ्चालन गर्न नसकिएको सहायक व्यवस्थापक रिजालले बताए ।

दसैँअघि आएको बाढीको प्रभावले उक्त फाउण्टेन सञ्चालनलाई निरन्तरता दिन नसकिएको उनको भनाइ छ ।अर्जुनधारा नगरपालिका–९ र ११ मा रहेका सामुदायिक नमुना वनको २४ दशमलव ७५ हेक्टर जमिनमा सुखानी सहिद स्मृति पार्क निर्माण गरिएको छ ।

सुखानीमा पञ्चायतकालमा हत्या गरिएका पाँच सहिदको प्रतिमा, कछुवा उद्धार तथा प्रजनन् केन्द्र, बाल उद्यान, वनभोज स्थल, सिमसार क्षेत्रमा ड्याम बाँधेर निर्माण गरिएको पोखरीमा बोटिङको व्यवस्था, झोलुङ्गे पुललगायत महत्वपूर्ण स्थानहरु रहेका पार्क व्यवस्थापन समितिले जनाएको छ ।

पार्कमा प्रवेश गर्न रु ५०, बोटिङ गर्न रु ५० शुल्य निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिका लागि भने प्रवेश शुल्क नलाग्ने सहायक व्यवस्थापक रिजालले जानकारी दिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved