उद्योग संगठन मोरङको प्रतिनिधि मण्डल सिंगापुर प्रस्थान

  • कार्तिक २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा संगठनको १४ सदस्यीय प्रतिनिधि मण्डल एशिया ईकोनोमिक फोरममा भाग लिन आज सिंगापुर तर्फ प्रस्थान गरेको छ ।

 शनिबार एक प्रेस नोट जारी गर्दै संगठनले सिआईएम डेलिगेशन मिसन टु सिङापुर नामक मिसनमा त्यस तर्फ जान लागेको जानकारी गराएको छ ।

प्रतिनिधिमण्डलमा संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्द किशोर राठी, उपाध्यक्ष त्रय राजकुमार गोल्छा, भोलेश्वर दुलाल, बिपिन काबरा, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, पारस लुनिया, जयन्द्र शर्मा, सिद्धार्थ काबरा, सिर्जन प्याकुरेल, बिरेन्द्र राठी, सन्तोष कुमार भगत र महानिर्देशक चुडामणी भट्टराई सहभागी हुदैछन ।

एशिया प्रशान्त क्षेत्रका २७ भन्दा वढी देशका व्यापारिक समुदायहरू सहभागि हुने कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्वर अफ कमर्श एण्ड ईण्डष्ट्रिज र सिङापुर म्यानुफ्याक्चरिङ एशोसिएशनको संयुक्त आयोजनामा कार्तिक २६ र २७ गते सिंगापुरमा हुने ईकोनोमिक फोरम तथा ३८ औं क्यासी कन्फेरेन्समा संगठनको प्रतिनिधि मण्डलले सहभागिता जनाउने छ ।

एशिया इकोनोमिक फोरममा सहभागीता, उत्कृष्ठ चेम्बर अवार्ड ग्रहण, कोशी प्रदेश लगानी सम्मेलन २०८१ मा लगानीकर्ताहरुलाई आमन्त्रण गर्न र संगठनले आयोजना गर्ने विराट एक्स्पो २०२५ को प्रचार प्रसार तथा कोशी पर्यटन बर्ष २०८२ को प्रचार प्रसार गर्ने गरि ४ वटा मिसनका उद्देश्य तय गरि टोली सिङापुर प्रस्थान गरेको संगठनका अध्यक्ष राकेश सुरानाको भनाई छ ।

दुई दिने चल्ने सम्मेलनमा विश्वव्यापी व्यापार, एआई प्रविधि र नवप्रवर्तन प्रभाव, दिगोपन, विश्वव्यापी रुपमा प्रभाव पार्ने महत्वपूर्ण विषयहरूमा विशेषज्ञहरूको नेतृत्वमा छलफल हुनेछ । त्यसैगरी व्यापार, आपूर्ति श्रृंखला र अन्य व्यापारिक विषयहरूका साथै एशिया प्रशान्त क्षेत्रका प्रमुख व्यापारिक साझेदार वीच विश्वव्यापी व्यापारको भविष्यका वारेमा अनुभवहरू साटासाट गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको दोश्रो दिन अर्थात कार्तिक २७ गते १०औं क्यासी उत्कृष्ट लोकल चेम्बर अवार्ड बिग चेम्बर क्याटेगोरीको विजेताको रूपमा चयन हुन सफल उद्योग संगठन मोरङलाई औपचारिक समारोहमा ट्रफि र यु.यस. डलर २००० को नगद राशी पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ ।

एशिया प्रशान्त क्षेत्रका बिजनेश लिडर, लगानीकर्ताहरुहरुको बृहत सहभागिता रहने उक्त फोरमलाई अवसरका रुपमा प्रयोग गर्दै संगठनले कोशी प्रदेशका लगानीका सम्भावनाहरु बारे एशिया फोरमका सहभागीहरुलाई जानकारी गराउदै अद्धितिय लगानीको सम्भावना रहेको कोशी प्रदेशमा लगानीका लागी कोशी प्रदेश सरकारका तर्फबाट कोशी प्रदेश लगानी सम्मेलन २०८१ मा औपचारिक आमन्त्रण गरिने संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए ।

आगामी माघ ११, १२ र १३ मा विराटनगरमा आयोजना हुने लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय फोरममा प्रचार प्रसार गर्न र आमन्त्रण गर्न प्रदेश सरकारले संगठनलाई अनुरोध गरेको अध्यक्ष सुरानाले जानकारी दिए ।

कोशी प्रदेश लगानी सम्मेलनलाई थप उपलब्धीमुलक बनाउन संगठनले गर्ने विराट एक्स्पोको ८औं संस्करणको कार्यक्रम समेत लगानी सम्मेलनसगै उद्योग संगठनसंगको सह–आयोजनामा कोशी प्रदेश लगानी सम्मेलन गर्ने प्रदेश सरकारको निर्णय स्वागतयोग्य रहेको सूरानाले जानकारी दिए ।

स्मरणः रहोस कोशी प्रदेश सरकारले संगठनसंगको सह–संयोजनमा विराट एक्स्पोको आयोजना स्थलमा नै कोशी प्रदेश लगानी सम्मेलन २०८१ गर्ने औपचारिक पत्र पाएपछि संगठनले विराट एक्स्पोको कार्यतालिका २०८१ माघ ११ देखि २० गते सम्म डिग्री क्याम्पस विराटनगरमा गर्ने गरि परिमार्जन गरेको संगठले जनाएको छ ।

अब विद्यार्थीलाई घण् ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका–१ स्थित स ...

व्यक्तिगत घटना दर्ता ...

वराहक्षेत्र/  प्रत्येक वर्ष वैशाख १ गतेदेखि ७ गतेस ...

हेड तथा स्पाइनल इन्ज ...

बिराटनगर/  नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्य ...

साम्पाङको अभियान, धर ...

धरान/  एकताका सुनसान रहेको बगर आजकल पर्यटकको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

koshipatra2075@gmail.com
purbibureau@gmail.com
newspurbibureau@gmail.com

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved