इटहरीको नगरवस एक महिना नवित्दै थन्कियो

  • कार्तिक १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ इटहरी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विद्युतीय नगर बस एक महिना नपुग्दै थन्किएको छ ।

दुर्घटनामा परेपछि उपमहानगरको विद्युतीय नगर बस थन्किएको हो ।

उपमहानगरले सञ्चालनमा ल्याएको चार वटामध्ये प्रदेश १–०२ ००१ क ५३४२ नम्बरको एउटा नगर दुर्घटनामा परेपछि १७ दिनदेखि उपमहानगर परिसरमै थन्किएको हो ।

गत असोज २५ गते इटहरी १७ स्थित पकलीमा प्रहरी विट अगाडि सडक किनारामा रोकेर राखेको नगर बसमा पिकअप गाडीको ढोकाले लागेर सिसा फुटेको इटहरी उपमहानगरपालिका सवारी दर्ता तथा मेशिनरी औजार महाशाखा प्रमुख गणेश भट्टराईले बताए ।

उनका अनुसार सामान बोक्ने पिकअप गाडीको पछाडिको ढोका खुल्लै रहेका कारण लागेर बसको सिसा फुाटेको छ । ‘गाडी कुद्दा गाडीको खुल्ला ढोका आफैँ लाग्दै, आफैँ बन्द हुँदै गर्दा नगर बसको झ्यालमा ठोक्किएर सिसा फुटेको छ’, उनले भने ।

सिसा फुटेपश्चात् पिकअपले सिसा फेर्दिने सहमति भएको तर उक्त सिसा जहीँतहीँ नपाइने भएकाले गर्दा बस अहिले उपमहानगर परिसरमा राखिएको उनको भनाइ छ ।

बसको सिसा भैरहवाबाट मगाइएको र छठ पर्व पछाडि मात्र सिसा आइपुग्ने भट्टराईले बताए । उनले बसमा सिसा लगाएपछि मात्रै सञ्चालनमा आउने जनाए ।

इटहरी उपमहानगरपालिकाले आम सर्वसाधारणहरूको सहजताको लागि भनेर गत असोज २ गतेदेखि चार वटा नगर बस सञ्चालनमा ल्याएको थियो ।

६ करोड ३६ लाख ८६ हजार रुपैयाँको लागतमा चीनबाट ल्याइएको चार वटा नगर बसमध्ये अहिले तीन वटा नगर बसले सेवा दिइरहेको छ ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved