कामतलाई सम्मानसँगै भवन उद्घाटन

  • कार्तिक १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिका वडा नम्बर १० ले पुराना कर्मचारीलाई सम्मानसहित नवनिर्मित भवनको उद्घाटन गरेको छ ।

वडा कार्यालयले लामो समयदेखि कार्यरत कर्मचारी सुनिलकुमार कामतलाई सम्मान गरेको छ । कामतलाई महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष अर्जुन गिरीले दोसल्ला खादा र माला लगाएर सम्मानपत्र प्रदान गरे थियो । कामत विगत २८ वर्षदेखि सोही वडामा कार्यरत थिए ।

इमान्दार र कतव्र्यनिष्ठ भएर जनताको सेवामा समर्पित भएका कारण कामतलाई सम्मान गरिएको वडाध्यक्ष गिरीले बताए । त्यस्तै सोही अवसरमा मेयर कोइरालाले ३० लाख रुपैयाँको लागतमा निर्मित वडा कार्यालय भवनको दोस्रो तला उद्घाटन गरे ।

वडा कार्यालयले चियापानसहित तिहार, छठ र नेपाल सम्वतका अवसरमा शुभकामना आदानप्रदानसमेत राखेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको समग्र विकासमा महानगरपालिका लागिपरेको बताए ।

उनले भौतिक विकाससँगै मानवीय विकासमा पनि महानगरले योजनाबद्ध रुपमा कार्य गरिरहेको जानकारी दिए ।

हालै मात्रै वडा नम्बर १९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर, विराटनगर–४ दूधफारम दक्षिण अटिज्म सेवा केन्द्र स्थापना, ट्राफिक लाइटको जडान, रानी अस्पतालमा फिजियोथेरापी, भिडियो एक्स–रेलगायतका सुविधा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनले बरगाछी–रानी सौन्दर्यकरण जारी रहेको बताउँदै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित विराटनगर बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गरे ।

त्यस्तै उपमेयर कार्कीले महानगरमा सबैभन्दा कम गुनासो वडा नम्बर १० बाट आउने गरेको बताउनुभयो । उहाँले तुलानात्मक रुपमा विराटनगरको वडा नम्बर १० विकसित, सफा र व्यवस्थित रहेको उल्लेख गरे ।

कार्यक्रममा वडासचिव चन्दानन्द यादव, वडा सदस्य देबु मण्डल, जसपा महानगर सचिव रामचन्द्र यादव, ब्रम्हाकुमारी राजयोगका तुलसीकुमार, मैथिली समाजका फूलकुमार देव, गणेश पुस्तकालयका ईश्वरीप्रसाद नेपाल, मानव सेवा आश्रमकी पार्वती तिवारी,विराट सेवा आश्रमका रामकृष्ण तिम्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved