धरानमा नालामा आएको बाढीले बगाएर बृद्धको मृत्यु(मान्छे बगाउने नाला कत्रो छ ?) "गत बर्ष पनि चिप्लिएर एक जना गंभीर घाइते भएका थिए"

  • असोज २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानमा मंंगलबार (आज) दिउँसोदेखि अविरल बर्षासँगै नालामा आएको बाढीले बगाएर एक बृद्धाको मृत्यु भएको छ ।
अपरान्ह साढे ४ बजे धरान ८ स्थित धनकुटे रोडको सिदार्थ मार्गमा रहेको नालामा आएको बाढीले बगाएर सोही स्थानका ७५ बर्षिय नविनराज राइको मृत्यु छ ।
स्थानीय सुनिल खड्काले दिएको जानकारी अनुसार उक्त नाला स्लाब विहीन भएको र नालामा मान्छे नै बगाउने गरि बाढी आउने भएकाले हिँडडुल गर्नेको ज्यान नै जोखिममा पर्ने गरेको वताइएको छ ।

उनले भने,“उक्त नाला ५ फिट भन्दा गहिरो छ भने नालामाथि स्लाब लगाइएको छैन,धरानको वडा नम्बर ९ र १० सहित पानी त्यहीँ नाला भएर बग्ने गरेको छ तर सार्वजनिक बाटो नै भएपनि सुरक्षित बनाइएको छैन,नालामा भएको रामा अडकिएर मात्रै सव भेटियो,नत्र वेपत्ता हुने थियो ।”

गत साल पनि एक जना मान्छे चिल्एिर गंभीर घाइते बनेका थिए । इलाका प्रहरी कार्यालय धरानक डिएसपीले भएको घट्ना पुष्टि गरेका छन् । कोशी पत्रको टेलिफोन सम्पर्कमा उतm स्थानमा बृद्धको मृत्य भएको बताएका छन् ।

उनले भने,नालामा बृद्धको बगेर मृत्यु भएको हो,तर मृतकले मापसे गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,विहान मर्निङ वार्कमा निस्किएको वेला लडेर नालाले बगाएको हुन सक्छ । तर नालामा बाढ्री आउँदा आउने दिनमा पनि जोखिम रहेको स्थानीयहरुले वताएका छन् ।

बृद्ध,बालबालिका नालामा परेर मृत्यु हुने जोखिम बढ्दो छ ।

सुनसरीका पत्रकार आन् ...

इटहरी । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेल विरुद्ध सु ...

सामुदायिक स्कुल ओराल ...

धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको ...

सडक सुरक्षामा गम्भीर ...

सवारी दुर्घटनाका कारण देशमा बर्सेनि हजारौँ नागरिकको ज्य ...

प्रधानमन्त्री ओली शन ...

धरान/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved