वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको साधारण सभा " शुभकामना आदान प्रदान "

  • असोज २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt - संगम विष्ट

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित धर्तिको पहिलो तिर्थ वराहक्षेत्र मन्दिरको संरक्षण , प्रबद्बन तथा बिकासलालागि गठन भएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले आफ्नो प्रथम बार्षिक साधारण सभा तथा वडा दशैं , दिपावली , छठ पर्वको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

वराहक्षेत्र मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष भक्त श्रेष्ठको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि वराहक्षेत्र नगरपालिका वडा नं १ का वडा सदस्य कुमार भट्टराई प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा स्थानिय बिकाश पुर्वाधार बिकाश कार्यालय इटहरीका इन्जिनियर धिरेन्द्र दाहाल , बिष्णुपादुका मन्दिर बिकाश समितिका अध्यक्ष राजकुमार निरौला, आदि वराह मन्दिरका संरक्षक तथा प्रसिद्ब पण्डित योगेश भण्डारी वराहक्षेत्र , वराहक्षेत्र प्रहरी चौकीका इन्चार्ज प्रहरी साहयक निरिक्षक बिएल गछ्यदार , वराहक्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा समितिको आर्थिक बर्ष २०८० र ०८१ को आर्यर व्यय समितिका कोषध्यक्ष रवि कुमार श्रेष्ठ प्रस्तुत गरेका थिए ।

बाह्रवर्षे कुम्भ मेलाबाट प्राप्त आम्दानि सहित १ करोड ४० लाख ६१ हजार ५ सय रुपैया र बाह्रवर्षे कुम्भ मेलामा भएको खर्च सहित ५७ लाख ८८ हजार २ सय ६८ रुपैया भएको कोषध्यक्ष रवि कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पण्डित श्याम पौडेलले कार्यक्रम सञ्चालक तथा समितिका उपध्यक्ष राजु घिमिरे स्वागत मनत्वय राखेका थिए ।

सुनसरीका पत्रकार आन् ...

इटहरी । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेल विरुद्ध सु ...

सामुदायिक स्कुल ओराल ...

धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको ...

सडक सुरक्षामा गम्भीर ...

सवारी दुर्घटनाका कारण देशमा बर्सेनि हजारौँ नागरिकको ज्य ...

प्रधानमन्त्री ओली शन ...

धरान/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved