एसईईमा सुनसरी टपर हेलेनलाई धरानमा नगद सहित सम्मान

  • असोज २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ एसइई परीक्षामा सुनसरी जिल्लाका टपर हेलेन तुम्बापो स्व.खड्ग बहादुर तुम्बापो स्मृति शैक्षिक पुरस्कारबाट सम्मानित भएका छन् ।

इटहरी निवासी हेम राज तुम्बापोको छोरा तुम्बापोलाई सुनसरी तुम्बापो समाज धरानले नगद १० दश हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको हो ।

विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि समाजले हरेक वर्ष सम्मान–पत्रद्वारा सम्मान गर्दै आईरहेको समाजका अध्यक्ष हेमराज तुम्बापोले जानकारी दिए ।

तुम्बापो समाज सेवा संघका केन्द्रीय सदस्य कविरमान तुम्बापो प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा समाजका प्रमुख सल्लाहकार डम्बर कुमार तुम्बापो, बरीष्ठ सल्लाहकार केबेर लाल तुम्बापो,सुनरानी तुम्बापोको उपस्थिति रहेको थियो ।

सस्थापक अध्यक्ष स्व. खड्ग ब. तुम्बापोको स्मृति र सम्मानमा स्व. खड्ग बहादुर तुम्बापो स्मृति शैक्षिक पुरस्कार स्थापना गरेर समाजले हरेक वर्ष विद्यार्थी सम्मान गर्दै आएको छ ।

त्यसैगरि सुनसरी जिल्ला भित्र रहेका तुम्बापो चेलिवेटीहरुलाई सिलाम साक्मा मायाको चिनो हस्तान्तरण गरेर स्वागत सम्मान गरिएको थियो भने सो अवसरमा दशै शुभकामना आदन प्रदान समेत गरिएको थियो।

damar

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved