प्याब्सनको डोरिताना तान,विजेताले पाए दशैमा २५ केजीको खसी " चन्दन रौनियार"

  • असोज १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

दुहबी/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति सुनसरीको आयोजना तथा महेन्द्र मेमोरियल एकडेमीको ब्यबस्थापनमा दशैं तिहार विशेष शुभकामना आदान प्रदान तथा डोरितान प्रतियोगिता गरि कार्यक्रम दुहबीमा सम्पन्न भएको छ ।

प्याब्सन सुनसरी जिल्ला समितिले आयोजना गरेको उक्त कार्यक्रम प्याब्सनका कार्वाहक अध्यक्ष नेल्सन थानेश्वर ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रको प्रागिक परिषद सदास्य शंकर थापाले ब्यानर पढेर उद्घाटन गरेका थिए ।

नीजि विद्यालयहरूका प्रतिनिधिहरूको सहभागीतामा भएको कार्यक्रममा नेपालीहरूको महान चाड विजया दशमी , शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर दशैं तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ ।

शुभकामना दिने क्रमममा प्रमुख अतिथी शंकर थापाले नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा सम्पुर्ण नेपालीहरू तथा कार्यक्रममा उपस्थिति स्कुल तथा कलेजका प्राचार्यहरू नगर प्याब्सन जिल्ला प्याब्सन प्रदेश प्याब्सन सदस्यीय हरुलाई शुभकामना प्रदान गर्नु भएको छ त्यसैगरी कार्यक्रममा डोरितान प्रतियोगितामा जित हासिर गरेका टिमलाई बधाई दिदै सम्मान गरियो।

शुभकामना आदान प्रदान कार्यक्रममा प्याब्सन दुहबी नगरका अध्यक्ष सुशील शाक्य , इटहरी प्याब्सनका अध्यक्ष पुन्य प्रसाद सापकोटा ,धरान प्याब्सनका अध्यक्ष राजकुमार लिम्बू ,इनरुवा प्याब्सनका अध्यक्ष रमेश प्रसाद गुरागाई ,रामधुनी प्याब्सनका अध्यक्ष अचुत ढकाल ,बराक्षैत्र प्याब्सन नगर भित्रका स्कुल कलेजका प्रचार्य तथा प्यापसनका प्रतिनिधिहरूको महत्त्वपूर्ण उपस्थिति रहेको थियोे ।

त्यसै गरि प्याब्सन अन्तरापालिकास्तरीय डोरीतान प्रतियोगिताको उपाधि इटहरी नगर प्याब्सनले जितेको छ । रामधुनी नगर प्याब्सनको टिमलाई हराउँदै इटहरी प्याब्सनले उपाधि जित्न सफल भएको हो ।

प्रतियोगिताका विजेता टिमले २५ केजी खसी सहितट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता टिमले १५ केजी खसी ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

तेसै गरि तेस्रो स्थान पाउन सफल हुने धरान नगर प्याब्सनले १० केजी राते भाले सहित मेडल ट्रफि प्रमाणपत्र प्रदान गरिएको सुनसरी जिल्ला प्याब्सनका सचिव गणेश भण्डारीले बताए ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved