ऐतिहासिक चलचित्र ‘नालापानी’ हेर्न कोशीका मुख्यमन्त्री कार्कीको आग्रह

  • असोज १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऐतिहासिक चलचित्र ‘नालापानी’ हेर्न सबैलाई आग्रह गरेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभाहलमा चलचित्र हेरिसकेपछि कार्कीले यस्तो आग्रह गरेका हुन् ।

ऐतिहासिक घटनामा आधारित चलचित्र भएका कारण इतिहास थाहा पाउन पनि यो चलचित्र सबैले हेर्नै पर्ने मुख्यमन्त्री कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले ‘नालापानी’ चलचित्रको प्रवद्र्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

उनले भने, ‘यो चलचित्र हेर्न मौका मिल्यो । यसको प्रमोसनमा कोशी प्रदेश सरकारले के गर्नुपर्छ हामी तयार छौँ । यसको लागि आन्तरिक मामिला मन्त्रालयलाई समन्वय गर्न आग्रह गर्दछु ।’

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा नै चलचित्र देखाउने योजना बनाए पनि केही कारणले सम्भव नभएको बताए ।

उनले प्रदेशसभामा पनि ‘नालापानी’ चलचित्र समय मिलाएर देखाउने बताए । यस्ता एतिहासिक फिल्महरू अरु पनि बन्नुपर्ने उनले बताए ।

देशका विभिन्न पक्षसँगसम्बन्धित चलचित्र बनेको खण्डमा पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।

‘हाम्रा ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक मनोरम पक्षलाई उजागर गर्ने चलचित्र एउटा शसक्त माध्यम हो’, मुख्यमन्त्री कार्कीले थपे, ‘त्यसकारण यसलाई निरन्तर अगाडी बढाउन आग्रह गर्दछु । हामीले २०८२ लाई पर्यटन वर्ष मनाउने घोषणा पनि गरिसकेका छौँ । पर्यटन वर्षको सन्दर्भ पारेर कोशी प्रदेशको कथाबस्तुमा आधारित भएर चचित्रहरू निर्माण गर्न पनि हामीले सहयोग गर्नुपर्छ ।’

आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले ऐतिहासिक कुरालाई अभिनय मार्फत सबैसामु प्रस्तुत गरेकोमा निर्माण पक्षलाई धन्यवाद दिए । उनले सबै नेपालीले यो चलचित्र हेर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘नयाँ पुस्ताहरूलाई पनि हाम्रो वीरताको गाथासँग परिचित गराउन आवश्यक छ । कोशी प्रदेश सरकारको तर्फबाट यो चलचित्र हेरिदिनुहुनका लागि सबैलाई आग्रह गर्दछौँ ।’भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले चलचित्रले भावुक बनाएको उल्लेख गरे ।

देशभक्ति चलचित्र भएकाले चासोका साथ फिल्म हेर्न उपस्थित भएको उनले बताए ।
‘म धेरै चलचित्र हेर्दिन पनि, नालापानी भन्ने बित्तिकै हेर्न मन लाग्यो’, उनले भने, ‘म इतिहासको विद्यार्थी भएकाले चासोको विषय पनि थियो । चलचित्र हेरिसकेपछि इतिहासमा पढेका कुराहरूलाई चलचित्र मार्फत जस्ताको त्यस्तै उतारेको पाएँ । यो चलचित्रले हामी राजनीतिकर्मीलाई पनि केही कुरा सिकाएको छ ।’

प्रदेश सांसद मीना श्रेष्ठले नालापानी चलचित्रले राष्ट्रियताको भोक जगाइदिएको बताइन् । उनले भनिन्, ‘यस्ता प्रकारका फिल्म सबै जनाले हेर्न आवश्यक छ । चलचित्रले थप देशप्रेम बढाइदिएको छ ।’

पत्रकार विक्रम लुइँटेलले यो फिल्मले आम युवा पंक्तिलाई राष्ट्रियता प्रतिको भावना जागृत गर्न सन्देश दिएको बताए ।

उनले भने, ‘पछिल्लो पुस्तामा राष्ट्रियता प्रतिको भावना कमजोर भइरहेको बेलामा यो चलचित्रले आम युवा पंक्तीलाई राष्ट्रियता प्रतिको भावना जागृत गर्न र देश प्रतिको माया, ममता, स्नेह सिर्जना गर्नको लागि गतिलो सन्देश दिएको छ ।’

पत्रकार मीनकुमार नवोदितले विगतमा पुस्तकमा पढेको कुरालाई चलचित्र मार्फत थप प्रष्ट हुन पाएको बताए । यस्ता चलचित्र निर्माण र प्रवद्र्धन गर्न तीनै तहको सरकारले सहयोग गर्नुपर्ने नवोदितले बताए ।

उनले भने, ‘यस्ता चलचित्र सबैसामु पुर्याउन आवश्यक छ । विद्यालयहरूमा विद्यार्थीहरूलाई पनि यो चलचित्र देखाउन आवश्यक छ । जसले पूर्खाले गरेको त्यागको बारेमा पछिल्लो पुस्ताले पनि थाहा पाउनेछन् ।’

चलचित्रका लेखक, निर्माता तथा निर्देशक रिमेश अधिकारीले सबैले इतिहास थाहा पाउनुपर्छ भन्ने उद्देश्यका साथ नालापानी निर्माण गरेको उल्लेख गरे । प्रदेश सरकारले यसको प्रवद्र्धनमा भूमिका खेल्नेमा आफू विश्वस्त रहेको अधिकारीले बताए ।

चलचित्र हेर्न विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, कर्मचारी, पत्रकारलगायत उपस्थिति भएका थिए ।

चलचित्रमा अर्जुन जङ्ग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहाडी, गीता बिष्ट, साहिना भट्टराई लगायत कलाकारहरूको अभिनय

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved