मनकारी टयाक्सी मजदुर ,चालक पत्नीको उपचारको लागि एक लाख साठी हजार पाँचसय प्रदान

  • असोज ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं/ ट्याक्सी चालक अमर सुनुवारकी क्यान्सर पीडित श्रीमति लक्ष्मी सुनुवारको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट मिटर ट्याक्सी इकाई कमिटीले १ लाख ६० हजार ५ सय ६५ रुपैया सहयोग गरेको छ ।

शुक्रबार संगठनको कार्यालय एयरपोर्टमा एक कार्यक्रमको आयोजना गरि चालक अमर सुनुवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

बा २ ज १९२३ का टेयाक्सी चालक सुनवार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी इकाईका सदस्य हुन् । उनकी श्रीमतिलाई करिव ५ महिनादेखि छाती (ब्रेस्ट)मा क्यान्सर देखिएको थियो ।

सुनुवारलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले रकम हस्तान्तरण गर्नुभयो । हाल लक्ष्मीको भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेकोछ ।

उनको उपचारमा सहयोग गर्न संगठनले अभियान सञ्चालन गरिएपछि एयरपोर्टमा काम गर्ने ट्याक्सी चालकहरुको सहयोगमा उक्त परिणामको रकम संकलन गरिएको हो ।

सहयोग रकम ग्रहण गर्दै अमर सुनुवारले आफ्नो परिवार नै संगठन भएको महसुुस भएको बताउनुहुँदै सहयोगाका लागि धन्यवाद दिनुभएकोछ ।

उपचारका लागि थप सहयोग चाहिए संगठन तयार रहेको संगठनका इकाई अध्यक्ष दिलबहादुर शाक्यले बताउनुभयो ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved