सप्तकोशी नदीमा खसेको यात्रुवसका सबै यात्रुको उद्धार (अपडेट फोटो सहित )

  • असोज १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको यात्रुवाहक बसका सबै यात्रुको उद्धार गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस बिहीबार खसेको सुनसरीका सशस्त्र उपरीक्षक सेमानन्द बज्राचार्यले जानकारी दिए ।उनका अनुसार बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको छ ।

bass 1

 

बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो । बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ । बिहीबार बेलुका करिब ६ बजे को १ ख ४६०१ नम्बरको नर्सिङ ट्राभल्स कोशी ब्यारेजको पुलस्थित ३४ नम्बर ढोकाको दक्षिणतर्फ खसेको हो ।

ढोका बन्द भएको हुँदा सो स्थानमा बालुवा रहेको र बसमा सवार २६ जनामध्य केही घाइते रहेको भन्टावारीस्थित बस ब्यवसायी पशुपति कामतले जानकारी दिए । उनका अनुसार पानी परिरहेको अवस्थामा बस नदीमा खसेको हो ।

दुर्घटनामा घाइते भएर सामान्य चोटपटक लागेका यात्रुलाई भन्टावारीस्थित क्लिनिकमा र अन्यलाई थप उपचारका लागि धरान लैजाने तयारी भएको कामतले जानकारी दिएका छन् । ब्यारेजको ढोका बन्द रहेको र बालुवातर्फ बस खसेकाले मानिस जोखिएको बताइएको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved