मेघाका विद्यार्थीहरूलाई पाँचतारे होटलमा अभिमुखीकरण

  • असोज १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ मेघा हिमालयन स्कुलले होटल म्यानेजमेन्ट सङ्कायअन्तर्गत कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

पाँचतारे होटलमा आयोजित कार्यक्रममा ‘हस्पिटालिटी इन्डस्ट्री’ (शिष्टाचार उद्योग) मा स्थापित विशिष्ट व्यक्तिहरूलाई पनि आमन्त्रण गरिएको थियो ।

विद्यार्थीहरूले उनीहरूसँग अन्तरकृया गर्ने अवसर पाएका थिए ।

यस क्षेत्रमा भर्खर पाइला राखेका विद्यार्थीले प्रत्यक्ष देखेर नै यस क्षेत्रबारे अनुभव गर्ने अवसर पाऊन् भनेर कार्यक्रम आयोजना गरिएको मेघा हिमालयनका प्रिन्सिपल भाष्कर पौड्यालले बताए ।

पाठ्यक्रममा भएका सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नहुने भएकाले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिन कार्यक्रम आयोजना गरिएको होटल म्यानेजमेन्ट सङ्कायका विभागीय प्रमुख पोषण श्रेष्ठले जनाए ।

‘हस्पिटालिटी इन्डस्ट्री अहिले संसारकै ठुलो उद्योगमध्ये पर्छ’, श्रेष्ठले भने, ‘किताबको सैद्धान्तिक ज्ञानबाट मात्र यसलाई बुझ्न कठिन हुन्छ ।’

त्यसैले विद्यार्थीहरूलाई प्रयोगात्मक ज्ञान पनि दिन पाँचतारे होटल अवलोकन गराई कार्यक्रम गरिएको उनको भनाइ छ । 

कार्यक्रममा प्रमुख वक्ताका रूपमा इस्टर्न एम्पायर कलेज अफ होटल म्यानेजमेन्टका सीईओ (प्रमुख कार्यकारी अधिकृत) आलोक कार्की उपस्थित थिए ।

सोही कलेजका उपल्लो तहका अन्य अधिकृतहरूले यस क्षेत्रमा ‘करियर अपर्चुनिटी’ बारे पनि विद्यार्थीहरूलाई महत्त्वपूर्ण जानकारी दिएका थिए ।

त्यस क्रममा विद्यार्थीहरूले नृत्य, गीत, र्याम्प वाकका साथै वक्तृत्व कलासमेत प्रस्तुत गरेका थिए ।

होटल म्यानेजमेन्टत र्पफ २०८० मा कक्षा १२ को बोर्ड परीक्षामा यस विद्यालयका विद्यार्थी धरानकै उत्कृष्ट बन्न सफल भएका थिए ।

मेघा कलेजले होटल म्यानेजमेन्टतर्पm कक्षा ११ मा अध्ययनरत् विद्यार्थीका लागि केही समयअघि एक महिने विशेष तालिम पनि सम्पन्न गरिसकेको छ ।

Mega

त्यस क्रममा ‘स्वीस कार्यक्रम’ अन्तर्गत नेदरल्यान्डबाट आएका वरिष्ठ हस्पिटालिटी विज्ञले विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए ।

यसैगरी, मेघा कलेजले काठमाडौँबाट अन्तर्राष्ट्रिय प्mलेयर बारटेन्डर बोलाएर भर्खरै ‘मेघा बारटेन्डिङ कार्यशाला’ पनि आयोजना गरेको छ । 

विद्यार्थीहरूलाई यस क्षेत्रबारे विशेष ज्ञान प्रदान गर्न यस प्रकारका विभिन्न प्रशिक्षण र कार्यशाला आयोजना गर्ने गरिएको विभागीय प्रमुख श्रेष्ठले बताए ।

‘यसले उनीहरूलाई भविष्यमा स्वरोजगार बनेर आत्मनिर्भर बन्न सहयोग गर्नेछ ।’ उनले थपे ।  

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved