विश्वकर्मा मन्दिरमा भेटी र प्रदेश सरकारको सहयोगबाट भौतिक संरचना निर्माण

  • असोज ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका वडा नं.८ तीनकुनेमा रहेको विश्वकर्मा मन्दिरमा आउने भक्तजनको सुविधालाई मध्यनजर गरी भौतिक संरचनाहरु थप गरिएका छन् ।

कोशी प्रदेश सरकार र मन्दिरबाट उठेको भेटी संकलन वापतको कुल रकम ३६ लाख ३६ हजारमा मन्दिरको गेट, कम्पाउन्ड वाल, मन्दिरको हिटी र गौशाला निर्माण गरिएको हो ।

बाबा विश्वकर्मा मन्दिर व्यवस्थपन समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार कोशी प्रदेशको १५ लाख अनुदान मन्दिर व्यवस्समितिबाट ११ लाख ३६ हजार रुपैयाबाट अगाडिपटिको गेट, कम्पाउन्ड वाल, मन्दिरको हिटी र मन्दिरको पछाडिपट्टि गौशाला निर्माण गरिएको हो ।

समय समयमा मन्दिरको विषयमा विवाद चुलिदा मन्दिरको व्यवस्थानमा भने समस्या हुने गरेको छ ।

मन्दिरका पूजारी र व्यवस्थापन समितिबीच विवाद चुलिदा यसको विकासमा बाधा पुगेको धरान उपमहानगरपालिका ८ नं. वडा समितिका अध्यक्ष धनबहादुर राई बताउँछन् ।

उनले मठमन्दिरको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकोले यसमा स्थानीय सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

कोशी प्रदेशकी पूर्व सासद उमिता बराइलीले धार्मिक आस्थाका केन्द्रहरु नेपालको सम्पदा भएको बताइन् ।

उनले सबै धर्मले सबै धर्मको सम्मान गर्ने परिपाटीको विकास नेपालमा भएकोले विश्वकर्मा बाबाको मन्दिरजस्ता धेरै मन्दिरहरुले सबैलाई धर्मप्रति आस्था जगाउँदै गएको बताइन् ।

यो मन्दिरमा हिन्दु धर्मालम्बीमात्र हैन बौद्ध धर्मालम्बीहरु समेत आएर दर्शन गर्ने र धर्मको सम्मान गर्ने भएकोले नेपालमा रहेको सदियौदैखिकौ धार्मिक सहिष्णुता कायमै रहेको बताइन्
विश्वकर्मा मन्दिरप्रति आस्था बढेकै कारण पछिल्लो समय भक्तजनहरु समेत बढ्दै गएका छन ।.

विशेष गरेर धातु तथा फलामको पूजा गरिने यो मन्दिरमा नयाँ सवारी साधन खरिद वा कुनै धातु उद्योग सञ्चालन गर्दा यो मन्दिरमा आएर पूजा गरेपछिमात्र सञ्चालन गर्ने परम्परा रहेको छ । मन्दिरप्रति सर्वसाधारणको आस्था बढेकै कारण भौतिक संरचनाहरु पनि थप गर्दै लगिएको हो ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved