२२ बर्षपछि लक्ष्मीको अन्तिम दाहसंसकार ,८३ वर्षीय बुवा छोरीको काजक्रियामा

  • भदौ २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । माओवादी जनयुद्धको समयमा वेपत्ता भएकी मोरङ पथरीशनिश्चरे नगरपालिका ५ की लक्ष्मी खतिवडाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । गत भदौ १७ गते उनको दाहसंस्कार गरिएको हो । उनका ८३ वर्षीय बुबा जनकलाल खतिवडा काजकिरियामा बसेका छन् ।
जनकलालले आफ्नी छोरी लक्ष्मीको मृत्युको न्यायिक घोषणा गर्न माग गदै २०८० साउन १४ गते जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए । अदालतले २०८० भदौ २५ गते तत्कालिन शाही नेपाली सेनाले पक्राउ गरेर वेपत्ता बनाएको दिनलाई आधार मानेर न्यायिक मृत्युको घोषणा गरिदिएको थियो ।

सोही आधारमा वडा कार्यालयमा मृत्यु दर्ता गरेर उनको दाहसंस्कार गरिएको लक्ष्मीका भाइ प्रेम खतिवडाले जानकारी दिए ।
‘अदालतले वेपत्ता भएको मितिलाई आधार मानेर मृत्युको घोषणा गरिदियो । त्यही अनुसार हामीले काज किरिया गरेका हौं । हामीले भने गत भदौ १७ गते अन्तिम संस्कारको मिति राखेर काजकिरिया गरेका हौं,’ उनले भने ।

लक्ष्मी खतिवडा २०५८ साल मंसिरमा माओवादी जनयुद्धमा पूर्णकालिन कार्यकर्ता भएकी थिइन् । युद्धकै क्रममा उनलाई २०५९ भदौ १७ गते सुनसरी खनारको नहर पूर्वको सर्वसाधरणको घरमा बसिरहेको अवस्थामा उनी पक्राउ परेकी थिइन् । ‘दिदी पक्राउ परेको १५ दिनपछि हामीले खबर पायौं । त्यसपछि खोजीका लागि हामी त्यहाँ पुग्यौं ।

त्यहाँ पुग्दा पक्राउ परेको पुष्टि भयो । त्यसपछि इटहरी ब्यारेक गएर बुझ्यौं । कहाँ लगे भन्ने कुनै पत्ता लागेन,’ लक्ष्मीका भाई प्रेमले भने, ‘इटहरीमा रहेको सेनाको ब्यारेककै कार्यक्षेत्र भएको स्थानबाट पक्राउ परेको हो । वेपत्ता बनाएको पनि त्यहीँबाट होला ।’

दिदीको अवस्थाबारे बुझ्न जाँदा पक्राउ परेका घरका मानिसलाई पनि तत्कालिन शाही सेनाले निर्घात कुटपीट गरेको पाएको उनले बताए । काँही नपाएपछि उक्त परिवारले माओवादीलाई नै वेपत्ताको अवस्था सार्वजनिक गर्न पहल गरिदिन माग गर्दै आएका थिए । ‘सरकारमा पनि पार्टी गयो । दिदीको अवस्थाबारे पार्टीले नै खोजी गर्नुपर्छ भन्ने थियो ।

तर, कुनै पत्ता नलागेपछि बुबाले अदालतमा मृत्युको घोषणा गर्न माग गर्दै निवेदन दिनुभएको हो ।अदालतले घोषणा गरेपछि दाहसंस्कार गरिएको हो,’ प्रेमले भने ।सत्यनिरुपण तथा वेपत्ता छानविन आयोग सम्बन्धी ऐन पनि जारी भइसकेको छ ।

उक्त ऐन जारी भएपछि उनको अवस्थाबारे केही जानकारी आउँथ्यो कि भन्ने प्रश्नमा उनले भने, ‘अदालती प्रक्रिया अगाडि नै सुरु भएको कारण, अदालतको मृत्युको न्यायिक घोषणापत्रको आधारमा काजकिरियिा गरेका हौं ।’

२०३६ साल पुस २२ गते भोजपुरको खार्तम्छास्थित सानो दिङ्लामा जन्मिएकी उनी परिवारसँगै २०४८ सालमा सुनसरीको बौकामा बसाइँसरी आएकी थिइन् । त्यहाँबाट २०५१ सालमा साविक हसन्दह गाविस १ चिलाझारमा बसोबास गरिरहेका खतिवडा २०५८ साल मंसिरमा जनयुद्धमा हिंडेकी हुन् ।

उनका ८३ वर्षकी वृद्ध बुबा र ७८ वर्षीय आमा रत्नकुमारीका साथै पाँच दाजुभाई र दुईजना दिदीबिहीनी रहेका छन् । उनको अन्तिम संस्कार चिलाझार पथरीमै गरिएको हो ।

.........................

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved