अनेरास्ववियु क्रान्तिकारीको प्रदेश सम्मेलन भाद्र २५ गते हुने

  • भदौ २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अनेरास्ववियु क्रान्तिकारीकाे दोस्रो कोशी प्रदेश सम्मेलन भोलि भाद्र २५ धरानमा हुने भएको छ।

धरानमा पत्रकार सम्मेलन आयोजना गर्दै क्रान्तिकारीले भाद्र २५ र २६ गते २ दिन सम्म प्रदेश सम्मेलन गर्ने क्रान्तिकारी काेशी प्रदेश अध्यक्ष हेमन्त राईले जानकारी दिए।

धरान १५ स्थित ईजि राईडर होटलमा हुने उद्धघाटनमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलको प्रमुख आतिथ्यतामा हुने भएको छ।

सुशासन र समाजवादी शिक्षाका लागि हाम्रो आन्दोलन सुदृढ संगठन निर्माणका लागि दोस्रो प्रदेश सम्मेलन भन्ने मुल नाराकासाथ काेशी प्रदेशभेला हुने अध्यक्ष राईले बताए। 

उनले सम्मेलनमा शैक्षिक मुद्दाका साथै यस राष्ट्रिय मुद्दालाई प्रमुखताका साथ उठाउने बताए।

उनले समाजवाद शिक्षा प्रणालीका बारेमा प्रमुख मुद्दा हुने बताए।

सम्मेलनमा काेशी प्रदेशभरिका १४ वटै जिल्लाका ३० हजार भन्दा बढी सं गठितसदस्यहरु मध्येबाट ४५५ जना प्रतिनिधि सम्मेलनमा सहभागी गराएर प्रदेशभेला गर्ने भएका छ्न।

सम्मेलनले ११ सदस्यीय पदाधिकारी सहित ६१ सदस्यीय कमिटी निर्वाचित गर्ने भएको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीका माध्यमबाट नेतृत्व निर्वाचित हुने क्रान्तीकारी अध्यक्ष राईले बताए।

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved