पाँचथरमा बम विस्फोटःबालकको उपचार सरकारले गर्ने

  • भदौ २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पाँचथरमा बम विस्फोटमा परी घाइते भएका फालेलुङ ५ डाँडागाँउका दुई जना बालकको उपचारको जिम्मा सरकारले लिएको छ ।

७ वर्षीय दिप्सन राई र ११ वर्षीय पवन राईको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बताए ।

कीर्तिपुर अस्पतालको बर्न शाखामा पवन र दिप्सनको उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले शनिवार अस्पताल पुगेर बालकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

उक्त अवसरमा घाइते बालकको सम्पूर्ण उपचार खर्च सरकारले लिने पौडेलले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘घाइते बालकहरूको उपचारमा लागेको खर्च सरकारले व्यहोर्छ,’ पौडेलले भने ‘खर्च अभावले घाइतेहरू छटपटाउनु पर्दैन । उपचार खर्च सरकारले व्यहोर्छ ।’

भदौ १३ गते डाँडागाँउका आइतबहादुर केरुङको घरमा बम विस्फोट हुँदा चार जना बालबालिका घाइते भएका थिए ।

घाइतेमध्ये दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र २ बर्सिया छोरी प्रिन्सिपल साँवाको निधन भएको थियो ।

पवन र दिप्सनलाई जिल्ला अस्पताल पाँचथर र विराटनगरको कोशी अञ्चल अस्पतालमा सामान्य उपचार पछि घर लगिएको थियो ।

आर्थिक अभावले उपचार प्रक्रिया पूरा नगरी घाइते बालकहरूलाई घर लगेपछि मानवअधिकारवादी संस्था सिबिनको पहलमा पवन र दिप्सनलाई कीर्तिपुर अस्पतालको बर्न शाखामा भर्ना गरिएको थियो ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved