धरानमा लाली गुराँस फुल्छ तर अनविज्ञ

  • असार १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान भौगोलिक हिसाबले पर्यटकीय सम्भावना बोकेको स्थान हो । यो ठाउँ तराई र पहाडको संगम स्थल भन्दा फरक पर्दैन ।

समथर जमिनसँगै उकाली ओराली तथा भिरालो जमिनले धरानलाई बेग्लै परिचय दिने गरेको छ । यी यस्ता परिचयसँगै धरानमा लालीगुरास फुल्ने ठाउँ पनि छ भन्ने कुरा सायदै कसैलाई थाहा नै छैन ।

धरान २० बंशीलामा लालीगुरास फुल्छ भन्ने शायदै कसैलाई थाहा छैन । पर्यटनकौ प्रचुर सम्भावना हुँदाहँुदै पनि सरकारको ध्यान जान नसक्दा त्यस्ता ठाउँ अझै ओझेलमा पर्ने गरेको छ ।धरान उपममहानगरपालिका वडा नं. १४ विजयपुर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा लिइन्छ ।

उपमहानगरपालिकाले समेत यसलाई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएर धेरै काम गर्दै आएको छ । धरानमै चिसो लालीगुरास फुल्ने ठाउँ छ भन्ने आभाष धरान उमहानगरपालिकालाई थाहा छैन ।

अत्याधिक गर्मी भएका बेला तराई क्षेत्रका सर्वसाधारणमात्र हैन धरानका सर्वसाधारण समेत नजिकै रहेको धनकुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटार शितल लिन पुग्छन् । तर आफ्नै वडामा रहेको सुदरतालाई धरानेहरुले समेत भेउ नै पाएका छैनन भन्दा फरक पर्दैन ।

त्यो ठाउँ हो, धरान उपमहानगरपालिका वडा नं. २० मा पर्ने कोकाहा नदीको सिरान । समुन्द्र सतहबाट १४ सय मिटर उचाइमा रहेको यो ठाउँमा लालीगुरास फूल फुल्छ । लाली गुरास फूल समुद्र सतहबाट १४ सयदेखि १६ सय मिटरसम्म फुल्ने गर्दछ ।

धरान २० विष्णुपादुकाबाट नजिकै भएपनि त्यो ठाउँको प्रचारप्रसार नहुदा, जीर्ण सडक सञ्जालका कारण हम्मेसी त्यहाँ पुग्दैनन । धरानका अग्रज पत्रकार हर्ष सुब्बाले आधा घण्टाको समयमा आउन सक्ने विणु पादुका छेउमा रहेको बंशीलामा लाली गुराँस फुल्ने, लेक साइडकै जस्तौ जुका लाग्ने गरे पनि धरानेहरुलाई पनि यो कुरा थाहा नभएको बताए ।

भालुढुंगा गाउँपञ्चायत, घोपा गाउँपञ्चायत, विष्णुपादुका गाउँपञ्चायत हुदै अहिले धरान उपमहानगरपालिका वडा नं. २० भइसक्दा पनि यो ठाउँ पहिला जस्तो थियो अहिले पनि उस्तै भएको बताउनुभयो । सडक सञ्जालको सुविधा, भौतिक पूर्वाधार निर्माण गरिदिएको खण्डमा वंशीला कोशी प्रदेशको राम्रो पर्यटकीयको रुपमा विस्तार हुने उनतले बताए ।

धरानबाट १३ किमी उत्तर गएपछि पुगिने धरानकै २० नं. वडा विष्णुपादुकासम्म यातायात सहज रुपमा गए पनि त्यहाँदेखि करिब १० किमी माथि वंशीलासम्म पुग्न भने बाटोमा भएका ढुंगामुढा पन्छाउदै जानुपर्ने अवस्था छ ।

रमणीय ठाउँ भएकै कारण नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले केही समय अगाडि सो ठाउँमा गुराँसको फूल समेत रोपेका थिए । लाली गुराँस हेर्नकै लागि लालीगुरासको राजधानी तीनजुरे, मिल्के र जल्जलेसम्म पुग्नेहरुले यहाँ आए लामो यात्रा तय गर्न नपर्ने नेपाली काँग्रेस सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।

वंशीलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके यहाँका सर्वसाधारणको जीवनयापनसँगै पर्यटकीय नयाँ गन्तव्यको रुपमा विकास हुने बताए ।

नजिकैको देउता हेला भनेझै धरान उपमहानगरपालिकाभित्रै चिसो मौसम, लाली गुरासको उद्गम स्थल हुदाहुदै पनि त्यो ठाउँको विशेषता समेत कसैलाई थाहा छैन ।

तराईबासी तथा धरानका सर्बसाधारण लाली गुरास फुलेको समयमा हेर्नका लागि दिन माया मारेर लामो दूरी तय गर्छन् तर यस ठाउको सडक सञ्जाल, भौतिक पूर्वाधारसँगै प्रचारप्रसार गर्न सकेको खण्डमा धरान २० वंशीलामा आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने थियो ।

यसको पर्यटक प्रवद्र्धनमा तीनै तहका सरकारले पहल कदम गर्न भने आवश्यक छ

डिपोर्टले गर्यो सत प ...

धरान/बिद्यार्थीको फलामे ढोकाको रुपमा रहेको एसइई परीक्षा ...

हत्या आरोपमा होटल सञ ...

विराटनगर/ मोरङको विराटनगरमा ग्राहकको हत्या आरोपमा ...

फिक्कल–नयाँबजार सडक ...

इलाम/ इलामको फिक्कल–जोगमाई–नयाँबजार&nd ...

धरान र बराहक्षेत्र ब ...

धरान/  धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved