इटहरीमा प्रदेश स्तरीय महिला तथा पुरुष पौडी प्रतियोगिता हुने

  • जेठ ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  इटहरीमा कोसी प्रदे सस्तरीय खुल्ला महिला तथा पुरुष पौडी प्रतियोगिता हुने भएको छ ।

कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजना र कोसी प्रदेश पौडी सङ्घको संयोजनमा असार १७ र १८ गते प्रतियोगिता हुने मङ्गलवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

कोसी प्रदेशमै पहिलो पटक हुन लागेको प्रतियोगितामा १४ वटै जिल्लाका पौडी खेलाडीको सहभागिता रहने कार्यक्रम संयोजक तथा कोसी पौडी सङ्घका अध्यक्ष डम्बर बहादुर तामाङले जानकारी दिए ।

इटहरीस्थित ओसिएन पार्कको पोखरीमा हुने प्रतियोगिताको विभिन्न विधामा विजेता हुने खेलाडीहरूलाई नगद पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनौट गरी उचित तालिम तथा अन्य प्राविधिक कार्यको व्यवस्थापन पनि गरिने कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव परशुराम बस्नेतले बताए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved