इटहरी/ इटहरीमा कोसी प्रदे सस्तरीय खुल्ला महिला तथा पुरुष पौडी प्रतियोगिता हुने भएको छ ।
कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजना र कोसी प्रदेश पौडी सङ्घको संयोजनमा असार १७ र १८ गते प्रतियोगिता हुने मङ्गलवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
कोसी प्रदेशमै पहिलो पटक हुन लागेको प्रतियोगितामा १४ वटै जिल्लाका पौडी खेलाडीको सहभागिता रहने कार्यक्रम संयोजक तथा कोसी पौडी सङ्घका अध्यक्ष डम्बर बहादुर तामाङले जानकारी दिए ।
इटहरीस्थित ओसिएन पार्कको पोखरीमा हुने प्रतियोगिताको विभिन्न विधामा विजेता हुने खेलाडीहरूलाई नगद पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनौट गरी उचित तालिम तथा अन्य प्राविधिक कार्यको व्यवस्थापन पनि गरिने कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव परशुराम बस्नेतले बताए ।