पिण्डेश्बर पुर्णमहा कुम्भ मेला सुरु ,राष्ट्रपतीले गरे उद्घाटन संगम बिस्ट

  • चैत्र २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्राचीन हरिद्बार चतराधाममा मङलवातबाट वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला सुरु भएको छ ।

१२ वर्ष पछि आयोजना भएको उक्त मेलाको राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

नेपालमा एक मात्र चतराधाममा लाग्ने उक्त मेला आज मङलबार अर्थात चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय त्रितिया वैशाख २८ गतेसम्म १ महिना सञ्चालन हुनेछ ।

उद्घाटन समारोहमा राष्ट्रपती पौडेललाई वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला मुल आयोजक समितिको तर्फबाट नागरिक अभिन्दन समेत गरिएको थियो ।

समारोहमा आउनु पुर्ब राष्ट्रपतिले    धर्मपत्नी सबिता पौडेलले सप्तकोशीमा जल अविषेक , पुजा आर्धना तथा र राधास्बर्णेस्वणको पुजा एव कुम्भ घण्डा दर्शन गर्नु भएको थियो ।

एैतिहासिक वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेलाको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपती रामचन्द्र पौडेलले धार्मिक मेला, पर्व , उत्सबहरुले नेपालीहरुमा सद्बाब , भाईचार बढाउने बताए ।

धार्मिक पर्यटकीय क्षेत्रको रुपमा वराहक्षेत्र, चतराधाम, रामधुनी , पिण्डेश्बरको महत्व धेरै ठुलो रहेको बताउदै यसको संरक्षण , प्रबद्बनमा लाग्नु पर्ने बताए ।20240409_121945

धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना गर्नुभएको र बुद्ध, ईशा र हजरत महमदले पनि यही भनेको उल्लेख गर्दै वैदिक मन्त्र द्रष्टाहरूले हजार वर्षपहिले नै अहिलेको विश्वको कोलाहल र जलवायु परिवर्तनको समस्याको त्यतिबेलै समाधानबारे उल्लेख गरेको बताए ।20240409_122013

ऋषिमहर्षिहरूको तपोभूमि, देवदेवीहरूको क्रिडास्थली, एक पवित्र तीर्थस्थल बराहक्षेत्रको वक्षस्थलमा रहेको प्राचीन हरिद्वार चतराधामको पवित्र कुम्भ नगरीमा सहभागी हुन पाउँदा सुखानुभूति भएको उल्लेख गर्दै चतराधाम नेपालका चार धाममध्येको एक धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताए ।20240409_123000

कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार प्राकृतिक सम्पदा , धार्मिक तथा एैतिहासिक क्षेत्रको संरक्षण र प्रबद्बनमा लागि परेको बताए ।20240409_122333

उद्घाटन समारोहमा स्वागत् मन्तव्य राख्दै नगर प्रमुख तथा वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला मुल समारोह समितिका सह- अध्यक्ष श्री रमेश कार्कीले वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला आयोजनामा संघिय र प्रदेस सरकारले महत्बपुर्ण सहयोग गरेको बताए ।20240409_123415

उनले वराहक्षेत्रलाई धार्मिक नगरीको रुपमा बिकास गर्न  स्थानिय सरकारले योजना बनाएको यसलाई सहयोग गर्न प्रदेस तथा संघिय सरकारलाई आग्रह गरेका थिए ।Messenger_creation_96a7234a-2892-4f0b-bd3d-ceed3a53490a

नेपाल राष्ट्रका प्रथम जगदगुरु तथा कुम्भ मेलाका सर्जक एब् वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला मुल समारोह समितिका अध्यक्ष वालसन्त मोहनशरणले चतराधाममा लाग्ने नेपालको एक मात्र कुम्भ मेलाको पुर्ण रुपमा स्वामित्व सरकारले लिनु पर्ने बताए ।

कुम्भको विधान उल्लेखित हस्त लिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात गरिएको जगद गुरु वालसन्त मोहन शरणले बताए  ।Messenger_creation_b2e841d6-3847-40ef-872b-2729851abca1

अमृतको थोपा झरेको भारतको मध्यप्रदेशस्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नासिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएको र नेपालको चतराधाममा अमृतको तर भेटिएकोले यसको महत्व र महिमा ठुलो रहेको छ ।

कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।1712657436279

समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ-जहाँ अमृत खस्यो खस्यो त्यहाँ-त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ ।

नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानीको रुपमा स्थापित भएको उनले बताए ।

चतराधान पहिलो पटक २०५९ सालको चैत्र शुक्ल प्रतिपदा अर्थात चैत्र ६ गते देखि वैशाख शुक्ल तृतिया सम्म १ महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो ।

जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो ।

चतराधाममा २०६३/०६४ मा दोस्रो कुम्भ, २०७०/०७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/०७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला सम्पन्न भइसकेको छ।

 

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved