केन्द्रको गरेको सहयोगका प्रशंसा

  • फाल्गुन ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान १९ मा स्थापना भएको अपांंग तथा असहाय केन्द्रको कामको मुल्यांकन सर्वत्र हुन थालेको छ । असाय तथा अपांगहरुकै लागि सहयोग गर्ने उद्देश्यले गठन भएको यो केन्द्रले नियमित गर्दै आएको सहयोगको प्रशंसा भएको हो ।

अपाग तथा असहायहरुको सहयोगमा लागि परेको धरान १९ को अपांग तथा असहाय पुनस्र्थापना केन्द्रको कामको प्रंशसा गर्दै सहयोगी हातहरु समेत बढेका छन् । निम्न आय स्रोत भएका तथा अपांगहरुलाई खाद्यान्न सामाग्री, लत्ता कपडामात्र सहयोग यो संस्थाले गरेको छैन ।

केन्द्रसँग भएको सामाथ्र्य तथा समाजमा अन्य व्यक्तित्वहरुसँग सहकार्य गरेर अपांग तथा असायहरुका परिवारलाई पठनपाठनसँगै स्वास्थ्य उपचारका लागि समेत रकम जुटाइदिने गरेको छ । त्यतिमात्र हैन यस्ता वर्गलाई लक्षित गरेर समय समयमा आत्मनर्भर बन्ने तालिम समेत दिँदै आएको छ ।

समाजको कार्य देखेर बीपी कोइराला स्वास्थ्य विज्ञानकी नर्सिङ विभागकी प्रमुख कला थापाले केन्द्रले गरेको काम सह्रानीय भएको बताइन् । स्वास्थ्य सेवा, शिक्षामा सहयोगसँगै अपांगता भएकाका लागि सीप सिकाएर आत्मनिर्भर बनाउने काम गरेकोप्रति प्रशंसा गरिन् ।

उनले कवि झमककुमारीको उदाहरण दिँदै अपांंगता भएकाहरुले चाहे जे पनि गर्न सक्छन् भन्ने उदाहरण घिमिरे बन्नुभएको बताइन् ।

यो संस्थाले अपांग तथा सहायको लागि पुलको काम मात्र गरेको छ । यहा डम्बरकुमारी मास्केजस्ता तालिम प्राप्त व्यक्तित्व आवद्ध छन् ।

आफू शारीरिक रुपमा अशक्त भएपनि डिप्लोमा डेन्डिक्राफ्ट सञ्चालन गर्दै धेरैलाई रोजगार दिँदै आएकी छन् । उनी यस केन्द्रमा पनि अध्यक्ष छिन् ।

उनले अपांग तथा असहायका लागि केन्द्रमै पुगेर सिलाई बुनाइका तालिम दिने गर्छिन् । उनले संस्थामा आएको सहयोगबाट धेरै काम गर्न सकेको बताउदै यस्ता सहयोग निरन्तर आउनुपर्नेमा जोड दिइन् ।

पछिल्लो समय यो संस्थाले समाजसेवी अशोक अग्रवालले गरेको आर्थिक सहयोगमा २० जना अति विपन्न परिवारलाई खाद्यान्न सामाग्री, विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री, नियमित उपचार गराइरहेका चार जनालाई अ‍ैषधि वितरण, तीन परिवारलाई ब्लांककेट तथा झुल वितरण गरेको छ ।

त्यस्तै अति विपन्न तथा अपांगता भएका ६ बर्षीय बालक र ५० बर्षीय एक व्यक्तिलाई संस्थाकै सहयोगमा काठमाण्डौ लैजाने तयारी रहेको संस्थाका निर्देशक सुनिल खड्काले बताए ।
आफू अपांग भएर पनि आफूजस्तै अरुलाई सहयोग गर्ने अटोट बोकेर सुनिल खड्काको आफ्नै प्रयासमा स्थापना भएको यो केन्द्र अहिले अपांग तथा असहायहरुका लागि सहयोगी संस्थाको रुपमा काम गर्दे आइरहेको छ । काम सानो देखिए पनि लक्षित वर्गले भने ठूलो राहत महसुस गरेका छन् ।

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved