नवनिर्वाचित सुदन किराँतीलाई रमेश हतुवालीको खुल्ला पत्र

  • मंसिर १४, २०७९
  • कोशीपत्र/संवाददाता
alt

सुदन दाइ अभिवादन।।
भोजपुर जिल्लाले एउटा जुझारु युवा पाएकोले व्यक्तिगत रुपमा म धेरै खुशी भएको छु र सम्पुर्ण भोजपुरबासी नागरिकहरु पनि खुसियालीमा छन, भन्दै तपाईंलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।
मलाई २०५६ सालदेखि यता मात्रै राजनीतिको केही कुराहरु थाहा भएको अवगत गर्दछु। तपाई २०६४ सालमै अत्यधिक मत ल्याएर माननीय बन्नु भएको थियो तर २०७० सालतिरै फेरि तपाईंलाई भोजपुरे जनताले अविश्वास गरेकै हो फलतः हार बेहोर्नु परेको थियो । त्यस्तै फेरि २०७४ मा अत्यन्तै धेरै जनताको अभिमत ल्याएर संसद भवन फेरि दोस्रोपटक छिर्नु भएको थियो । र आज मलाई विश्वास छ, मंसिर ४ को चुनाव पछिको जितले भने तपाईँमा तीव्र इच्छाशक्ति तथा उत्साह रहेको हुनुपर्छ भन्ने मलाई लाग्छ ।

तपाईँले भोजपुरेहरुको मत र मायालाई बुद्धिमत्तापूर्वक प्रयोग गर्नुहुनेछ भन्नेमा म पुर्ण विश्वस्त छु। भोजपुरको हावापानी र भोजपुरे माटोमा जन्म नलिए पनि भोजपुरेको कोखबाट हङकङमा जन्मेको ब्रुनाईमा हुर्केको र पुख्र्यौली थलो भोजपुर रोज्नु भयो र भोजपुरे जनताको बानी तपाईँले राम्ररी बुझ्नु भएको छ । भोजपुरको बाटो र माटोसँग राम्ररी परिचित हुनुहुन्छ । पहाडका उकालीओराली तथा तराईका फाँटमा यात्रा गर्नुभएको छ । हजारौं नेताको आँखै अगाडि भएर बगेका अरुण, तमोर तथा सप्तकोसी तर्नुभएको छ । हजारौंको बलिदानमा तपाईंको अगाडि सहिदका कथा र पीडा तपाईंले भुल्नु भएको छैन भन्नेमा मलाई विश्वास छ ।

जनताको दैलोमा सेवा सुविधा दिने र उनीहरुको स्याबासी लिने किसिमको संघीयता तपाईँको कार्यकालमा रहने अपेक्षा गरेको छु । पुर्वमुख्य मन्त्रीले सुरुगरेका विकासका कामहरु इमान्दारीताका साथ कार्यान्वयनमा लैजानुहुने छ तपाईले भोजपुरको विकास र समृद्िकालागि सारिएका अघिल्ला योजनाहरुलाई प्राथमिकता दिएर जानू तपाईप्रतिको उच्च सम्मान हुने छ अनि भोजपुर साच्चै १ नं प्रदेशकै नमुना बनाउनु हुनेमा विश्वास पनि लिएको छुजबसम्म युवा शक्तिको महत्व बुझिदैन तबसम्म समाज र राष्ट्र परिवर्तन हुन सक्दैन।विदेशीएका लाखौँ युवा शक्तिका क्षमता,सीप र श्रमलाई देशमा खर्चिने वातावरण सिर्जना गरिएको खण्डमा देशले बेग्लै मुहार फेर्न कति नि समय नलाग्न सक्छ।तर राज्य अनि राजनीतिक दलले युवालाई आफ्ना स्वार्थमा मात्र प्रयोग गरिरहेको छ, युवा शक्तिको अवमूल्यन भइरहेको छ।युवालाई कुनै लोभलालचा देखाइ अनैतिक र गैरकानुनी काममा फसाउने बढी गरेको देखिन्छ जसले समाज भड्किलो बनिरहेको छ।युवा शक्ति परिवर्तनका संवाहक हुन भन्ने कुरा बुझ्न जरुरी देखिन्छ।

राजनीतिक अस्थिरता,सरकार परिवर्तन र अन्यदेशको आडमा चल्नु र बाँच्नु नै यहाँको खराब प्रवृत्ति हो।देशको कानुन विपरीत भएका हत्या हिंसा,चोरी डकैति,बलत्कार,तिरस्कार जस्ता कुरालाई रोक्न नसक्नु अर्को दुर्भाग्य हो।हरेक निकायलाई चुस्तरुपमा आफ्ना कामप्रति बफादार रहन ,जिम्मेवारी बहन गर्न गराउन नसक्दा आज युवाहरु राज्यको काम गराइप्रति वाक्क भएर देश निर्माणमा होमिन थालेका छन्।देश निर्माण गर्न परिवर्तनको महशुस गराउन राजनीति नै गर्नु पर्ने बिडम्बना त छदैछ र त युवा शक्ति एक हुँदैछ,बालेन र हर्क शाम्पाङ जन्म दैछन ।तपाईँले पनि युवाको महत्व बुझेर काम गर्न आग्रह गर्दछु
हरेक नागरिकबीचको सद्भाव विकास गर्दै समग्र विकास कार्यमा तपाईँको सकृयता रहने अपेक्षा गरेको छु । भोजपुरमा पूर्वाधारहरुको विकास अत्यन्त आवश्यक देखिएको छ । तपाईं युवा भएकाले युवाहरुलाई आफ्नै ठाउँमा रोजगारका ढोका खोल्ने वातावरण सिर्जित गराउनु हुने छ। ट्याम्केमा चिसो बढ्दा सजिलै धरान जान सकियोस्, इटहरीमा गर्मी बढ्दा सजिलै माथि लाल्चे रानिवास शङखम डाडा गएर भेडेटार जस्तो चिसो हावा खान सकियोस् । एक खुट्किलो माथि चढ्दा पहाडका हरिया डाँडा, दुई खुट्किलो माथि चढ्दा हाम्रा ट्याम्के सिलिचुङ जस्ता रमणीय ठाउँको दृश्यपान गर्न सकियोस् । उत्तरमा ट्याम्के र – दक्षिणमा चुवार बाटो बनाउनुस् तपाईं संग सहयोगी हात छन,गर्व गर्न सक्छौँ हामी सारा भोजपुरे जनता तपाईंको साथमा छौँ,बोलाइमाभन्दा गराइमा ध्यान दिन आग्रह गर्दछु।
हामी भोजपुरे ती पहाड डाडा मा हाँस्ने गर्छौँ, त्यो हासोले तराईमा नाच्न सिकाउँछौँ, मातृभूमिको माया गर्दै यो संसारलाई बाँच्न सिकाउँछौँ । एकताको सुत्रले सबैको मन रिझाउनु छ, अरुण र तम्मर को पानी तानेर हसनपुर पिप्ले होम्ताङको प्यासी पाखाहरु भिजाउनु छ । धनकुटाको विकासमा कर्मठ पाखुरी पछार्न सकियोस्, इलामको कुचोले भोजपुरको फोहोर बढार्न सकियोस् । फापर को मीठो ढिडो ओखलढुंगा मा खाउँला, दुधकोशीबाट ¥याफ्टिङ गर्दै फर्केर आउँला । भोजपुर र खोटाङमा साकेला सिली, झापा, मोरङमा नाचौँला मिली । हाक्पारे, बालन, कौरा र हुर्रा, हात समाई नाचौँ धित मारी पुरा । जाटजटिना, कर्मा र धर्मा, मनाऔँ, रमाऔँ नमानी शर्म । नमस्ते, सेवारो, फ्याफुल्ला लाफा, सबैलाई हेर्ने समान होस् आँखा ।

गाउँको अलैँची थुप्रो । ठूलो होस् मन सानो होस् झुप्रो । होम्ताङको सुन्तला बजारमा छरियोस्, टेम्केको गुराँस हेर्दा मन भरियोस् । क्षणभरमा नाम्चे टेक्न सकियोस्, सिद्घिचरणको ओखलढुङ्गा देख्न सकियोस् । उदयपुरको माटो, पहाड चढ्ने बाटो, रेलमा जाउँ बसको साटो । डुङ्गा चढेर चतरा झरौँ, यो भन्दा अरु के चाह गरौँ ?

सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् । बरु फुसको छानु, भरियोस् मानु, पराइभूमिमा नपरोस् जानु । जगेर्ना होस् पाटी र पौवाको, नावाले मेटोस् तिर्खा कुरुले, मौवाको । संरक्षण होस भाषा र भेषको, उन्नती हुनेछ हाम्रो जिल्लाको । नागरिक सबै नैतिकवान बनुन्, भोजपुरे नागरिक गर्वले भनून् । आउनुहोस् अघि ज्याबल पक्रेर, यो हाम्रो जिल्ला फूल्नेछ फक्रेर । कठिनाई सबैले मिलेर छेकुन्, ऐनामा हेर्दा तपाईंलाई देखुन् ।

तपाईँलाई जनताले त्यतिकै विश्वास लिएका छैनन् केही परिवर्तन होला ठानेका छन् तपाईँप्रति सबै जनता खुशीले मत दिए अब तपाईँले जनतालाई खुसी दिनु पर्छ। त्यो तपाईँले बुझेको हुनुपर्छ । सबैको साथ लिएर कर्म गर्न मात्र बाँकी छ । जुन काममा निमेष पनि ढिलाई नहोस भन्ने आग्रहसहित बिदा हुन्छु ।
उहीँ
रमेश हतुवाली
धरान

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved