अहिलेसम्म निर्वाचित भएको क्षेत्रमा अपेक्षाभन्दा बढी नै काम गरेको छु : आचार्य

  • मंसिर १, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी क्षेत्र नं। २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेकपा९एमाले० का भीम आचार्यले आफूले जनताको अपेक्षाभन्दा बढी नै विकास निर्माणका कामहरु गरेको बताएका छन् ।
उनले आफूले जितेर गएको निर्वाचन क्षेत्रमा विकासका विभिन्न पूर्वाधारहरु बनाउन र स्थानीय सरकारमार्फत् विकास गतिविधि अघि बढाउन सहयोग गरेको फेहरिस्त पेश गरेका छन् । उनले आफू छोटो समय पर्यटन मन्त्री हुँदा विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, रामधनी, बर्जु ताल, तालतलैया सबैमा पहिलो केन्द्रिय सरकारको बजेट पारेको बताए । ‘मैले नेपालमा दुई वटा इन्टरनेश्नल एयरपोर्ट सुरु गराएँ,’ उनले भने, ‘छोटो समयलाई पनि उपयोग गरेर काम गरेँ ।’

दुई महिना प्रदेशको मुख्यमन्त्री हुँदा पनि नीतिगत र संस्थागत विकासका धेरै कामहरु गरेको भन्दै निर्वाचन क्षेत्र विशेष विकास निर्माणका कामहरु पनि प्रशस्तै गरेको बताएका छन् । उनले आफू कुनै कुराको सस्तो वाचा नगर्ने, तर गरेका वाचाहरु पुरा गर्ने स्वभावको भएको बताउँदै भने, ‘म इन्जिनियरिङ र व्यवस्थापन विषय पढेको मान्छे, व्यवस्थित विकासको लागि स्रोत, साधन र तरिकाहरुबारे जानकारी छ, त्यसैले गरेका प्रतिबद्धताहरु पुरा गर्छु, त्यो विगतको कार्यले पनि देखाउँछ ।’

उनले आफ्ना विपक्षी र विरोधीहरुले आफ्नो आलोचना गर्ने कुनै विषय नपाएको बताए । उनले भने, ‘मैले गरेका प्रतिबद्धताहरु पुरा गरेको छु, तर साथीहरु वर्षेनी एउटै सडकलाई, एउटै विषयलाई भजाउँदै चुनाव लडिरहनुभएको छ, अब जनताले वहाँहरुलाई प्रश्न गर्नुपर्छ ।’

सुनसरी निर्वाचन क्षेत्र नं। ६ मा गरेका कामहरु

उनले तात्कालिन सुनसरी क्षेत्र नं। ६ बाट निर्वाचित हुँदा लौकही–मधुवन–प्रकाशपुर, चिरौली चोक–प्रकाशपुर, झुम्का–प्रकाशपुर र महेन्द्रनगर जाने बाटो, कान्छि चोक–चतरा, धरान–चतरा, धरान–विष्णुपादुका जाने बाटो कालोपत्रे बनिसकेका छन् । अन्य कयौँ भित्रि बाटाहरु बनेका छन् ।

यस्तै बांगे चक्रघट्टिका धेरै बाटाहरु पनि अहिले निर्माधिन रहेको बताउँदै झुम्काको लगुना चोकबाट रामधुनि हुँदै धरान जाने र धरानबाट विष्णुपादुका जाने बाटो निर्माणाधिन रहेको बताए । १२ करोडको बजेट लगाएर सर्दु करिडोरको योजना बनाएकोमा ठेक्का लागेर निर्माणको काम चालु रहेको उनले जानकारी दिए । यस्तै धरानमा बहुजातीय संग्रहालय पर्यटन मन्त्री हुँदा देखि नै सुरु गरेको बताउँदै समितिको कामले ढिलासुस्ती भइरहेपनि ४–५ करोड बजेट विनियोजन भैसकेको उनले बताए ।

विजयपुर डाँडा, विष्णुपादुका मन्दिर, बराहक्षेत्र मन्दिरलाई आधुनिक बनाउने कुरामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै तात्कालिन सबै गाविसमा खानेपानीको योजना सुरु गरेको जानकारी दिए ।

हरेक माविलाई प्लस २ बनाउन, आवश्यक विद्यालय भवन बनाउन र कतिपय विद्यालयका शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गरिएको पनि उनले जानकारी दिए ।

आवश्यक ठाउँमा पुल, तटबन्ध र अन्य पूर्वाधारका कामहरु गरेको जानकारी दिए ।

निर्वाचित नहुँदै सुनसरी क्षेत्र नं। २ मा गरेका कामहरु

उनले आफ्नो घर पनि इनरुवा भएकोले आफ्नो क्षेत्रको विकासमा अझ बढी प्रतिबद्ध रहेको बताए ।

उनले सुनसरी क्षेत्र नं। २ मा पर्ने विभिन्न पूर्वाधारको विकास निर्माणका काम पनि गरिरहेको बताए । ‘यो निर्वाचन क्षेत्रमा पनि काँही मन्दिर, स्कुल, खानेपानी, सिचाँईका प्रोजेक्टहरु सञ्चालन गरेका छौं,’ उनले भने ।

देवानगञ्ज गाउँपालिकामा आफ्नै पहलमा बजेट राखेर सिँचाइ आयोजना निर्माणाधिन रहेको जानकारी दिए । सुनसरीमा बाँध र सिचाँईको योजनामा पहल गरिरहेको उनले बताए । नेपाली काँग्रेसबाट यसअघि यस क्षेत्रमा निर्वाचित सीताराम मेहताले पटक पटक आश्वासन दिएर पनि नबनाएको चर्चित इनरुवा–कौवाखोज सडकलाई आफूले पहिलो प्राथमिकता दिएको बताए ।

यस्तै उनले इनरुवा–दुहबी जाने बाटो फोर लेनको बनाउने कामलाई प्राथमिकता दिएको बताए । ‘म मुख्यमन्त्रि हुँदा त्यो बाटोलाई अलिकति अगाडि बढाउने काम गरेको थिएँ, अहिले ठेक्कापट्टा हुने अवस्थामा त्यो पुगेको छ,’ उनले भने ।

उनले आफूले यो पटक चुनाव जितेमा शहरी क्षेत्रको व्यवस्थित र आधुनिक शहरीकरण गर्ने र ग्रामिण क्षेत्रमा सडक, खानेपानी लगायत पूर्वाधारको विकाससँगै कृषि विकासमा जोड दिने बताए ।

उनले इटहरी, इनरुवा र रामधुनी नगरमा व्यवस्थित र आधुनिक शहरीकरणको योजना बनाएर लागु गर्ने बताए । यस्तै देवानगञ्ज र हरिनगरामा कृषि, सडक र उद्योगको विकासको योजना बनाइने जानकारी दिए । ‘शहरी क्षेत्र र ग्रामिण क्षेत्रका आवश्यकताको आधारमा विकास गरिनेछ,’ उनले भने, ‘त्यो योजनाबद्ध र दीर्घकालिन हुनेछ ।’

प्रदेश मुख्यमन्त्री हुँदा गरेका कामहरु

उनले आफू दुई महिना प्रदेश मुख्यमन्त्री हुँदा प्रदेशको संरचनालाई प्रत्येक जिल्लामा पुर्याउन हरेक जिल्लामा कार्यालय खोल्ने निर्णय गरेको जानकारी दिए । न्युन आय भएको प्रदेशको आय बढाउनका लागि जनतामा अतिरिक्त भार नपारिकन २५ अर्ब रुपैया बढी आम्दानी गर्ने गरी योजना बनाएको बताए । त्यसको लागि उच्चस्तरीय राजस्व सुधार समिति बनाएको, काठमाडौंबाटै प्रशासनिक विज्ञहरु बोलाएर तीन महिना अध्ययन गर्दा प्रत्येक वर्ष २५ अर्ब रुपैया आम्दानी बढाउन सकिने देखिएको उनले ठोकुवा गरे । ‘प्रत्येक वर्ष बजेट बढाउने र हरेक साल त्यसलाई बढाउँदै गएर पाँच वर्षमा एक खरबको बजेट बनाउने योजना मैले बनाएको थिएँ,’ उनले भने ।

पर्यटन विकासको लागि पर्यटन समिति, खेलकुदको समिति, पत्रकारको समिति, उद्योग र मजदुरको बिचमा समन्वय गर्ने समिति पनि बनाएको उनले बताए । तर आफू पछि आएका मुख्यमन्त्रीले त्यसलाई निरन्तरता नदिँदा ती महत्वपूर्ण योजनाहरु अलपत्र परेको उनले बताए । यातायात र मालपोत कार्यालयलाई अनलाईन सिस्टममा ल्याउने विषयमा पहिलो क्याबिनेटमा निर्णय गरेर तयारीको काम अघि बढेको उनले जानकारी दिए । ‘अझ मसँग डेढ दुई महिना समय भएको भए त्यो कामलाई लागु गर्थेँ,’ उनले भने ।

उनले आफू टालटुले र क्षणिक भन्दा पनि दीर्घकालिन र व्यवस्थित विकास हुनुपर्छ र गर्नुपर्छ भन्ने पक्षमा रहेको जानकारी दिए । ‘म पार्टिकै नेता हुँदा डेढ वर्ष लगाएर मास्टर प्लान बनाएको थिएँ,’ उनले भने ।

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved