‘म सत्ताको सुखमा हैन, जनताको दुःखमा केन्द्रीत हुन्छु’

  • कार्तिक २३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

उमेश थापा धरानको राजनितीमा प्रभाबशाली युुवा नेताको रुपमा स्थापित भएका छन् । राजनितीमा टोल देखि केन्द्र सम्म सिधा पहुच राख्न सक्ने थापा नेपाली कांग्रेस १ नम्बर प्रदेशका महामन्त्री पनि हुन । धरानको राजनितीमा प्रभाब र केन्द्रिय राजनितीमा दबाब राख्न सक्ने युुवा नेताको रुपमा उमेश थापा परिचित छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीको तिन कार्यकाल सभापती भएका थापा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ बर्ष लामो सेवा गरेर अवकाश लिएका युुवा हुन । प्रतिस्ठान स्थापना गर्न नेतृत्वदायी भुुमिका खेलेका थापा २०६२÷६३ को लोकतान्त्रिक आन्दोलन धरानमा चर्काउने एक नेता पनि हुन् । थापा यस पटक प्रदेश सभा सदस्यका लागि लोकतान्त्रीक बाम गठबन्धनबाट उम्मेद्वार बनेका छन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बन्दै गरेको मातृशीशुु भवनका लागि तत्कालिन प्रधानमन्त्री शुुशिल कोइरालालाई भेटि योजना पार्न सफल भएका नेता हनुु थापा । उनै थापा सँग हामीले प्रदेशसभा सदस्य निर्वाचनको विषयमा रहेर कुुरानकानी गरेका छौ ।

चुुनाबी अभियानको दौडधुुप मा हुुनुुहुन्छ,कस्तो प्रतिकृया पाउदै हुनुुहुुन्छ ?

समग्रमा लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्वारहरुको विजयी सुुनिश्चित भएको देख्छुु । यतिका बर्षसम्म धरानबाट निर्वाचिन संसदहरुले विकास तथा जिवनयापानका विषयमा केही गर्न नसकेको कारण जनतामा नैरश्यता देखिन्छ । तर यस पटक मेरो उम्मेद्वारीले जनतामा सकारात्मक भाब पैदा भएको मैले महसुुस गरेको छुु ।

तपाईको उम्मेद्वारीमा जनताले खुुसी हुनुुपर्ने र तपाईलाई भोट दिनुु पर्ने कारण ?

पहिलो कुरा अबको राजनितीमा युुवाहरुको आवश्यक्ता छ र नयाँ सोचले काम गर्ने क्षमता युवाहरुमा मात्र छ भन्ने सबैले बुुझेकै कारण हो । त्यसमा पनि म नेपाली कांग्रैसमा टोल देखि केन्द्र सम्म सिधा सम्पर्क राख्न सक्ने भएकाले जनताले मलाई विश्वास गरेको पाएको छुु । किनभने धरानको विकासका लागि आवश्यक पर्ने बजेट केन्द्र र प्रदेश सरकारसँग लिएन भने सम्भब छैन र ठुुला विकासका कार्य गर्न आवश्यक पर्ने बजेट ल्याउन प्रदेश र केन्द्रसँग पहुच आवश्यक्ता हुन्छ । म नेपाली कांग्रेसको प्रदेशको महामन्त्री समेत भएका कारण केन्द्रिय सरकार,प्रदेश सरकार र स्थानीय सरकारसँग पहुच मैले राख्न सक्छुु । त्यस कारण मेरो उम्मेद्वारीमा सबैको आशा र भरोसा देखिन्छ ।

धरान त हिजो भन्दा आज विकास तथा जिवनयापनका सवालमा कमजोर हुुदै गएको छ नी ?

यो मैले महसुुस गरेको कुरा हो । आज सम्म धरानबाट जितेर जाने नेताले विकास निर्माण तथा जिवनयापन उकास्ने विषयमा खासै केही गर्न सकेको देखिएन । धरानमा ठुुला विकासका आयोजना सञ्चालन हुन सकेनन् । स्वरोजगार कार्यक्रमहरुपनि सञ्चालन हुन सकेनन् । त्यस कारणले धरानको अबस्था ‘डेथ सिटी’ जस्तै हुन पुुगेको छ ।

अब यो अबस्था सुुधार गर्न तपाइको भुुुमिका के हुन्छ त ?

सबैभन्दा पहिलो त धरानलाई पुुर्वी पहाडी जिल्लाको ब्यापारीक केन्द्रको रुपमा विकास गर्नुु पर्छ र त्यसका लािग सडक सञ्जाललाई धरान सँग जोड्नुु पर्छ । मैले तमोर करिडोरलाई धरान सँग जोड्न पहल गर्छुु । धरानको खानेपानी समस्या समाधान गर्न सप्ताकोशीको पानी ल्याउने वा धरान लेउती सुुरुङमार्गलाई चाडो सम्मपन्न गरेर सोही बाटोबाट धरानमा प्रसस्त पानी ल्याउन सकिन्छ । यदी हामीले यो कार्य पुुरा गर्ने हो भने इटहरी र विराटनगरलाई धरानले पानी बेच्नपनि सक्छ । धरानको पर्यटन विकास गर्न धरानका ऐतिहासीक सम्पदाहरुलाई विश्व सम्पदा सुुचीमा समाबेश गर्ने र गुुरु योजना बनाएर पर्यटक भित्रयाउने अभियान थाल्नुु पर्छ । धरानको विमानस्थलको विवाद समाधान गर्ने र साकेला पार्कलाई बहुुसास्कृतीक पार्कको रुपमा विकास गर्नुु पर्छ । बराहक्षेत्र मन्दिर हाम्रै क्षेत्रमा छ त्यस कारण त्यसलाई हामीले विकास र प्रभाबकारी प्रचार गर्न आवश्यक छ ।भारतका धाम भन्दा महत्वपुुर्ण हो हाम्रो बराह धाम तर विकास र प्रचारको अभाबमा छ । त्यस कारण त्यसलाईपनि हामीले योजना बनाएर काम गर्ने हो भने धरानलाई पर्यटकीय हबको रुपमा विकास गर्न सकिन्छ र धरानको आर्थिक गतिबिधिलाई चलायमान बनाउन सकिन्छ ।

निम्न आयस्तर भएका नागरिकका लागि कस्तो योजना बनाउनुु भएको छ ?

निम्न आय स्तर भएका र गरिबीको रेखामुुनी रहेका नागरिकका लागि राशन कार्डको ब्यबस्था गर्ने र त्यसका लागि प्रदेश सरकारबाट कानुुन बनाएर सुुरु गर्ने मेरो योजना छ । र यो योजना धरानबाट सुुरु हुुन्छ । नेपाल सरकारले विना धितो कर्जा दिएर स्वरोजगार बनाउने जुुन उदेश्य लिएको छ,त्यो आज विभिन्न कारणले सफल हुन सकेको छैन । जसले स्वरोजगार बन्न ब्यबसाय गर्ने सोच बनाएको छ उसलाई ७२ घण्टा भित्र आवश्क्ता अनुसारको रकम नेपाल सरकारको ज्ञारेन्टीमा पाउने ब्यबस्था गर्ने मेरो योजना रहेको छ ।

धरान उपमहानगरपालिका भित्र ग्रामिण क्षेत्रहरु पनि रहेका छन्,ति क्षेत्रको विकाका लागि के योजना बनाउनुु भएको छ ?

सबैभन्दा पहिले पानबारीमा औधोगिक ग्राम बनाउने र त्यहाँ उद्योग स्थापना गर्नेलाई १० बर्ष सम्म कर छुुट दिने योजना ल्याउने र हरेकलाई औधोगिक क्षेत्रमा लागानी गर्न प्रोत्साहित गर्ने मेरो योजना छ । उपमहानगर भएर पनि धरानका ४,५,६ र २० नम्बर वडाका जनताले उपमहानर भएको महसुुस गर्न सकेका छैनन् । अब ति क्षेत्रलाई आवश्यक्ता अनुसारको बजेट विनियोजन गरेर विकासको पहिलो सुचीमा राख्नुु पर्छ र त्यो काम मेरो प्राथमिकतामा रहने छ ।

सुुकुुम्बासी समस्या त जटिल छ धरानमा कसरी समाधान गर्नुु हुन्छ ?

सुुकुम्बासीलाई अहिले बसिरहेको ठाउबाट कुनैपनि हालतमा उठाउनुु हुदैन । र अब वितरण गरिने धनिपुुर्जा पाएकै दिन देखि पुुँजीको रुपमा हुने गरि (त्यसलाई बैक मा राखेर कर्जा लिन मिल्ने वा चल सम्पती हुने गरि) उपलब्ध गराउनुु पर्छ । अर्को कुरा सर्दुु ,सेउती र शेरा करिडोर बन्दा सुुकुुम्बासीलाई असर नपर्ने गरिको मापदण्ड बनाएर निर्माण गर्नुु पर्छ । त्यसका लागि निती बनाउने काममा मेरो सक्रृय भुुमिका रहन्छ ।

धरानमा बन्दै गरेको बहुुजातिय संग्रालय अपुुरै भयो त ?

यो धरानको सानो बजेटले निर्माण हुन सकेन । अब प्रदेश सरकार वा संघिय सरकारको पुुर्ण बजेटमा एक बर्ष भित्र सम्मन्न गर्ने गरि म पहल गर्छुु । यो मेरो प्रथमिकतामा रहेको विषयपनि हो ।

धरानलाई स्मार्ट सिटी बनाउने कुुरा उठाउनुु भएको थियो,कसरी सम्भब हुुन्छ ?

अबको समय भनेको सुुचना प्रविधिको समय हो । त्यस कारण धरानलाई शिलिकन भ्यालीको रुपमा विकास गर्ने योजना बनाएको छुु । त्यही हिसाबले पुुर्वाधारको विकास गर्ने गरि योजनाहरु ल्याउछुु ।धरानलाई प्रदेशको सञ्चार ग्रामको रुपमा पनि निर्माण गर्ने मेरो योजना छ ।अर्कोतर्फ धरानलाई हरित नगर बनाउनका लािग ग्रिन रिङरोड निर्माण गर्ने कार्यलाई मैले प्रथमिकतामा राखेको छुु ।

धरानको फोहोर ब्यबस्थापन झन जटिल बनेको छ,कसरी समाधान हुुन्छ ?
अहिले सार्वजनिक निजी साझेदारीमा पानबारीमा फोहोरबाट उर्जा उत्पान गर्ने योजना चलेको छ तर प्रभाबकारी रुपमा सञ्चालन हुुन सकेको छैन । त्यसलाई प्रभाबकारी रुपमा चलाउन पहल गर्छुु । अर्कोतर्फ अब धरानको आफ्नै आधुुनिक ल्याण्डफिल्ड साइड बनाउनै पर्छ । त्यसका लागि म प्रदेश र केन्द्रीय सरकारसँग विषेश पहल गर्छुु ।4

 

patra

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved