धरानमा बाँदरको आतंक रोकिएन: बाँदर धपाउन चौवीसै घण्टा हातमा लौरो

  • कार्तिक १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानमा बाँदरको आतंक दिनप्रतिदिन बढ्दै गएको छ । बादरकै कारण धरानका सर्वसाधारण त्रासमा बाँच्न बाध्य छन् । समाधानका लागि विगदेखि नै प्रयास गरे पनि प्रया िनिरर्थक भएको छ ।
धरानेहरुका लागि बाँदर टाउको दुखाइको विषय बनेको छ । विशेष गरी बजार एरियामा बाँदरले बढी हैरान बनाउने गरेको छ । धरान १४ विजयपुरको नजिकै रहेको जंगलबाट बजार झरेका यस्ता बाँदरहरु उग्र हुने गरेका छन् । उग्र भएकै कारण सर्वसाधारणको पकाएको भात खाइदिने, फलफूल चोरेर वाक्कदिक्क बनाइदिने, विक्रीका लागि राखेको कपडाहरु फ्यालिदिने, च्यातिदिने लगाएका समस्या बर्षैदेखिको हो ।

हुन त यो समस्या अहिलेको भने होइन । बर्षौ देखिको हो । केही सिप नलागेर अहिले सर्वसाधारण बाँदर धपाउन चौवीसैे घण्टा हातमा लौरो बोकेर बस्ने गरेका छन् ।
धरान २ सिंहदेवी छेउका गोविन्द अग्रवालले हुलका हुल बाँदर आएर घरभित्र पस्ने, सबै कुरा नस्ट गर्ने गरेको बताए । उनले खेदाउन खोज्दा उल्टै झम्टिने गरेकोले डरसरी भएको बताए । विजुलीको तार हल्लाउने, झुण्ड्याएका लुगा च्यात्ने फाल्ने त सामान्य नै भइसकेको उनको भनाइृ छ । उनले भने–‘बाँदरले बसी खान दिएन, के गर्ने के नगर्ने बनाइदिन्छ ।’

बाँदरले हैरान पार्न थालेपछि अहिले सर्वसाधारण लौरो बोकेरै ड्युटी गर्न बाध्य छन् । ग्रामीण भेगमा खेती नष्ट गर्दा सर्वसाधारण लौरो बोकेर धपाउने गर्दथे तर सहरी क्षेत्रमा भने खेति बचाउन नभई भएका सामान नष्ट गरिदिने, मान्छेलाई टोक्ने गरेकाले लठ्ठी बोकेर बस्नु परेको फेन्सीसपमा कर्मचारीको रुपमा काम गर्दै आएका सुरज चौलागाईले बताए । उनले भने–‘लौरो बोकेर नबस्ने हो भने त विध्वंस नै मच्चाउँछ, नियन्त्रणका लागि पनि चौवीसै घण्टा हातमा लौरो हुनुपर्छ ।’

बादरका कारण डराएर बस्नुपरेको धरान २ का सुमित अग्रवाल बताछन् । बाँदरले सामान फाल्नेमात्र हैन मान्छेमाथि नै आक्रमण गर्ने गरेका कारण सबै ढोका बन्द गरेर बस्न बाध्य भएको बताउँछन् । उनले भने–‘हामीलाई त पिंजडामा बसेको जस्तै अनुभव हुन्छ, ढोका खोल्यो कि बाँदरले हैरानै बनाउँछ ।’

विगतमा जंगल छेउछाउमात्र दुःख दिने बाँदर अहिले व्यवस्त बजारमा छिरेर उपद्रो् मच्चाउने गरेका छन् । बादर व्यवस्थापनका लागि धरान ३ का सकुल श्रेष्ठको संयोजकत्वमा २०७० सालमा बाँदर पीडित संघर्ष समिति समेत गठन गरेको थियो । धरानको बादर व्यवस्थापनका लागि यो समितिले तीनै तहका सरकारलाई ज्ञापनपत्र समेत बुझायो । धरानको बाँदरका विषयमा तत्कालीन सांसद सावित्री श्रेष्ठले संसदमै यो कुरा उठाइन् । तर पनि बादरले पु¥याउने भौतिक तथा मानवीय क्षति कम हुन सकेको छैन ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved