‘पाँच बर्ष भित्रमा धरानलाई केन्द्रमा जोडेर विकास गर्छु’

  • भदौ ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुकुम्बासी नेता कुमार कार्कीले आफू निर्वाचित भएर गएपछि पाँच बर्षभित्रमा धरालाई केन्द्रमा जोडेर विकास गर्ने दाबी गरेका छन् ।

उनले धरानले अहिलेसम्म राष्ट्रिय नेता जन्माउन नसकेको बताउदै त्यसको विकल्पमा आफूले स्वतन्त्र रुपमा प्रदेश १ बाट प्रतिनिधिसभाको उमेद्वारी दिएको बताए ।

नेपाल बसोबासा बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष समेत रहेका कार्कीले कहिले नेकपा एमालेकोे जित्ने, कहिले नेपाली काँग्रेसले जित्ने, माओवादीले जितेर गएपनि केन्द्रमा कसैको पहुच नभएको बताए । उनले भने–‘सबै पार्टीले धरानकै भोट लिएर जितेर गए, विकास भने भएन ।’ उनले सबै पार्टीहरुको साझा सांसद बन्नकै लागि पनि आफूले उमेद्वारी दिएको बताए । उनले भने–‘कसैले केही गरेनन्, अब सबैको साझा उमेद्वार बनेर धरानको विकासको विकासलाई अगाडि बढाउछु ।’

उनले जसले जितेर गएपनि आफ्नै पार्टीको स्वास्थ्य परिपूर्ति गर्ने गरेको आरोप लगाउदै धरानको विकासमा कुनै पनि पार्टी गम्भीर नभएको बताए । उनले भने–‘अब धरानको विकास गर्ने मान्छे चाहिएको छ, धरानको परिवर्तन गर्ने मान्छे चाहिएको छ ।’

उनले निर्वाचनको समयमा किसान, मजदुर, सुकुमबासीहरुलाई प्रयोग गर्ने गरेको बताउदै जुनसुकै पार्टी सांसद भएर गएपनि यस्ता वर्गको मुद्दामा गम्भीर नभएको बताए । उनले भने–‘राजनीतिक पार्टीले सुकुम्बासीलाई जहिल्यै भोट बैंकमात्र बनाए, आश्वासन दिए, तर उनीहरुको समस्यालाई समाधान कहिल्यै गरेनन्, बरु सुकुम्बासीको समस्याको समाधानको मुद्दा बोकेर उनीहरु पटक पटक निर्वाचित भए, उनीहरुले सुकुम्बासीलाई निर्वाचन जित्ने भ¥याङ बनाए ।’

उनले आफूले सुकुम्बासी, किसान, मजदुर लगायत सबै वर्गको मुद्धा लिएर निर्वाचनमा होमिएको बताए । राजनीतिक पार्टीप्रति पटक पटक खन्निएका उनले राजनीतिक दलले केही काम गर्न नसकेकोले सबै पार्टीलाई विश्राम लिन आग्रह गरे । उनले भने–‘तपाईहरुले केही गर्नुभएन, अब तपाईहरु विश्राम गर्नुस, अरुलाई पालो दिनुस ।’

उनले आफू निर्वाचित भएमा धरानलाई सुकुम्बासीमुक्त सहर बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले दलहरु यस्ता कार्यमा चुकिसकेको बताउदै सुकुम्बासीका लागि विगतदेखि लडेका नेतृत्वलाई यो काम गर्न सुम्पनुपर्ने सुझाए ।

धरानको लोकतान्त्रिक चौतारीमा आयोजित उमेद्वारी घोषणासभामा उनले आफूले जितेको खण्डमा गर्ने प्रतिबद्धता समेत सार्वजनिक गरेका थिए ।

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved