सातै प्रदेशका सभामुखहरुको भेला सम्पन्न: प्रदेशमा बढदो प्रशासनिक खर्च घटाउनुपर्ने लगायतका १६ बुदे घोषणापत्र

  • भदौ २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धनकुटा (हिलें) पहिलो पाँच बर्षे कार्यकालमा संघीयता बलियो बनाउन शसक्त्त भुमिका खेल्न सफल भएको भन्दै सातवटै प्रदेशका सभामुखहरुको भेलाले सोह्र बुँदे घोषणा पत्र जारी गरेको छ ।

२१ र २२ भदौमा धनकुटाको हिलेमा आयोजना भएको सातवटै प्रदेश सभाका सभामुख , उपसभामुख र सचिवहरुको भेलाले अन्तिम तथा पाँच बर्षे कार्यकालको समीक्षा गर्दै संघीयता बलियो बनाउन १६ बुँदे घोषणा पत्र जारी गरिएको हो ।

प्रदेश नं १ प्रदेश सभाले संघीयता प्रबृद्धनमा प्रदेश सभाहरुको भुमिकाबारे समिक्षा गर्न सातवटै प्रदेश सभाका सभामुखहरुलाई सहभागी गराएर धनकुटाको हिलेमा दुई दिन पाँचौ तथा अन्तिम भेला आयोजना गरेको थियो ।

भेलाले जारी गरेको घोषणा पत्रमा प्रदेश सरकारको आयस्रोत बढाउनुपर्ने, तुरुन्तै प्रदेश निजामती ऐन र प्रदेश प्रहरी ऐन कार्यान्वनयमा ल्याउनुपर्नेमा बिशेष जोड दिएको छ ।

यसैगरि जग्गा प्राप्ति र प्रदेशसभा भवन र राजधानीको संरचना निर्माण गर्न प्राथमिकता दिनुपर्ने, प्रदेश सभालाई कसेैको अधीनमा राख्न नहुने र संविधान अनुसार प्रशासनिक अधिकारको बाँडफाँड चाँडै सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

घोषणा पत्रमा उल्लेख भएअनुसार प्रदेश सभाको बिषयगत समितिहरुको सुझाव र निर्देशन पालना गर्ने सँस्कृतिको विकास गर्नुपर्ने , निर्वाचनलाई मितव्यपी र पारदर्शी बनाउनुपर्ने , प्रदेशमा बढदो प्रशासनिक खर्च र अनावश्यक संरचना निर्माणमा रोक लगाउनुपर्ने, स्थानीय तह र प्रदेशको विवाद प्रदेशसभाबाट समाधान गर्ने कानुन निर्माण गरिनुपर्नेमा पनि भेलाले जोड दिएको छ । संघीयता बलियो बनाउन तीनै तह सरकारको समन्वय समिति हुनुपर्ने, संघीय संसदमा सबै प्रदेश सभाका सभामुख उपसभामुखहरुको सम्पर्क कार्यालय हुनुपर्ने जनप्रतिनिधि र कर्मचारीवीच नियमित अन्र्तक्रिया हुनुपर्ने र संघीयताको विकल्प नभएकोले नकारात्क बहसलाई निरुत्साहित गर्न सबै लागिपर्नुपर्नेमा पनि जारी घोषणा पत्रमा जोड दिइएको छ । साथै पहिलो पाँच बर्षे कार्यकालमा संघीयता प्रबद्र्धनमा प्रदेश सभाले खेलेको भूमिकाबारे कार्यदल मार्फत अध्यन अनुसन्धान गरेर प्रतिबेदन तयार गर्न पनि घोषणा पत्रमा माग गरिएको छ ।

प्रदेश नं १ प्रदेश सभाले आयोजना गरेको संघीयता कार्यन्वयनमा प्रदेश सभाको भूमिका विषयक गोष्ठीमा दुई दिन सातवटै प्रदेशका सभामुख , उपसभामुख र सचिवहरुले गहन समिक्षा गरेका थिए । भेलामा बरिष्ठ संविधान विज्ञ काशीराज दाहालले संघीयता प्रबृद्धनमा प्रदेश सभाले खेलेको भुमिका र आइपरेका समस्या र चुनौतीहरुबारे कार्यपत्र प्रस्तुत गरेका थिए । भेलालाई दोस्रो दिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सनाले सम्बोधन गरेका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved