अवैधानिक चलाइएका सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा: राख्ने ठाउँ नहुँदा ट्राफिक कार्यालय नै अस्तव्यस्त

  • भदौ २३, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

धरान । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानमा एक सय भन्दा बढी मोटरसाइकल अव्यवस्थित रुपमा थन्किएका छन् ।

नियन्त्रणमा लिएका सवारी साधन सवारी धनी लिन नआउँदा राख्ने स्थानको समस्या भएको छ । राख्ने स्थान नहुदा ट्राफिक प्रहरीलाई टाउको दुखाइ भएको छ । धरानमा विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएका मोटरसाइकल लामो समयदेखि कागजात नविकरण नगरेका, चालकको लाइसेन्स नभएको, मोटर साइकलको स्वरुप परिवर्तन गरेका तथा चोरी भएका सवारी साधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताए । उनले नियन्त्रणमा लिइएका मोटर साइकल ७ बर्ष अगाडिदेखिका रहेको बताए । उनले भने–‘२०७२ सालदेखिका मोटर साइकल ट्राफिक प्रहरीमा रहेका छन्, मोटरसाइकल धनी लिन आउँदैनन्, अहिले राख्ने स्थानको अभाव छ, कार्यालयमा राख्ने ठाउँ नै छैन ।’

नियन्त्रणमा लिइएका मोटरसाइकल लिलामी गर्ने कुनै अधिकार ट्राफिक प्रहरीलाई नभएकाले समस्या भएको बताए । उनले भने–‘हामी नियन्त्रण गर्छौ, ल्याएर राख्छौं, सवारी धनी लिन आउँदैनन्, बर्षौदेखिको मोटरसाइकल यहाँ रहेको छ, लिलाम गर्ने अधिकार भएको भए यो समस्या आउने थिएन ।’

आर्थिक बर्ष ०७७÷०७८ मा मोटरसाइकल, स्कुटर, टेम्पो , सिटिसफारी र केही चार पाङ्ग्रे सवारी गरी ७ सय १४ वटा नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा छ । यस्तै आर्थिक बर्ष ०७९÷८० को साउन १ गते देखि भदौ १७ गते सम्म १ सय ४९ वटा सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको थियो ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved