धरान । संघीय सांसद जयकुमार राईले धरान–तरहरा क्षेत्रमा कोशी राजमार्गले दुर्घटनाको जोखिम बढेको भन्दै निर्माणको काम थाल्न सरकारसँग माग गरेका छन् ।
विहीबार संसदको शुन्य समयमा बोल्दै सांसद राईले कोशी राजमार्ग अन्तर्गत धरान–तरहरा सडक खण्ड नबन्दा दुर्घटनाको जोखिम बढेको भन्दै समयमै निर्माण गर्न सरकासँग माग गरेका हुन् ।
उनले सडक नबन्दा यात्रुहरु हिलो र धुलोमा हिड्न बाध्य बताएका छन् । ‘देशभरका सडक, पुलहरु समयमा नै ठेकेदारले सम्पन्न नगरिदिँदा नागरिकले कष्टपूर्ण यात्रा गर्नु परेको छ ’जोगवनी–किमाथांका ६ लेन सडक विस्तारको क्रममा तरहरा–धरान चारकोशो जंगल क्षेत्रमा ८ महिनादेखि सडक निर्माण कार्य राकिएकोले यात्रुहरु धुलो र हिलोमा कष्टपूर्ण यात्रा गर्न बाध्य छन्, निर्माण चाडो भएन भने यसले थप जोखिम बढाउँछ ।’