नेम्बाङ्को निर्वाचन क्षेत्र फाकफोकथुम: खोलामा छैन पक्की पुल, न त बन्यो सडक नै

  • भदौ ५, २०७९
  • भगीरथ भण्डारी
alt

धरान । इलाम जिल्ला बाहिरी नजरमा सुगम जिल्ला भनेर चिनिन्छ । नचिनियोस पनि कसरी इलाम भन्ने वित्तिकै सबैको मन ‘आहा’ हुने गर्दछ । इलाम पर्यटकीय दृष्टिमा मात्र राम्रो होईन राजनैतीक रुपमा पनि कहलिएको जिल्ला हो । जुन जिल्लाबाट चुनाव जितेका नेता देशको उच्च ओहदामा पुगेका छन । आफ्नै जिल्लाबाट जितेका नेता प्रधानमन्त्री पनि भए, दुई पटक सम्म सभामुख पनि भए । त्यसैले पनि जिल्लालाई दुर्गम भन्दा पत्याउँदैनन । तर इलामको पश्चिमी क्षेत्रमा अवस्थित फाकफोकथुम गाउँपालिका अहिले पनि दुर्गम जस्तैै छ । जहाँ हिउँदमा गाउँ गाउँ यातायात पुगे पनि वर्खाको समयमा यातायात पुग्न सक्दैन । अहिले सम्म न त सबैले सरकारी विजुली देख्न पाएका छन नत खोलामा बनेको पक्की पुल नै । कालोपत्रे सडकको त कल्पना नै नगरौ त्यो त हुन्छ भन्ने सोच्ने अवस्थै छैन । यही ठाउँका नेता देशको प्रमुख पदमा पुगेका छन्, तर पनि जनताको समस्या कहिल्यै समाधान हुन सकेको छैन । यही क्षेत्रबाट २५ वर्षदेखि निर्वाचन जितिरहेका छन सुवासचन्द्र नेम्बाङ् । उनले निर्वाचन मात्र जितेनन् दुई पटक सभामुख भएर संविधान निर्माण गर्न महत््वपूर्ण भूमिका खेलेका छन् ।

उनैले जितेको निर्वाचन क्षेत्रको गाउँपालिका हो फाकफोकथुम गाउँपालिका जुन पाँच वर्ष सम्म चर्चै चर्चामा बित्यो । फाकफोकथुमको विकास नहुदा यो ठाउँ विकासमा २० वर्ष पर्छि धकेलिएको छ । पहिलो स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले खासै विकास गर्न नसकेको यस ठाउमा दोस्रो स्थानीय निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिलाई समेत चुनौतीे छ । गाउँपालिको विकासको बाधक सडक बनेको छ । जुन पालिकाको काबुभन्दा बाहिरका सडक परेको कारण पालिकाको विकासमा सडक बाधक बन्न पुगेको हो । फाकफोकथुम गाउँपालिका यस्तो पालिका हो जुन कालो पत्रे सडक सञ्जालमा पुग्न अन्य पालिका भएर मात्र जोडिन सक्छ । अहिले सम्म कालोपत्रे सडकको त कुरै छाडौँ १२ महिनै यातायात सञ्चालन हुने सडक थियो भने पनि धेरै समस्या कम हुने थियो । कृषि उत्पादन मुख्य आम्दानीको स्रोत भएको फाकफोकथुम हिउँदको समयमा अन्य ठाउँमा कृषि जन्य उत्पादन पु¥याए पनि वर्खाको समयमा बोटमै कुहिएर जानु बाहेकको विकल्प छैन । विद्युत् सबै ठाउँमा पुग्न नसक्दा उद्योग सञ्चालन गर्न नै कठिने छ । बाहिरबाट हेर्दा उज्याले देखिए पनि त्यहाँको अवस्था अर्र्कै छ ।

आफूले जिताएका नेताबाट गाउँमा विजुली बल्ने आस नपाएपछि त्यहाँका जनताले आफै लगानी गरेर गाउँ उज्यालो बनाए । जसका लागि चार वर्षसम्म श्रमदान र प्रतिघर ४० हजार भन्दा बढी लगानीमा गाउँ उज्यालो बनाए । जनताको दुख नदेखेका नेता अहिले भाषण गर्दा हिजो एउटा पनि बिजुलीको बोल नभएको ठाउँ अहिले जताततै उज्यालो छ भाषण गर्छन् । भाषण गरेझैँ फाकफोकथुममा बिजुलीको बल्ब अहिले पनि पुगेको छैन । गत वर्ष प्रसारण लाइन राँकेबाट फाकफोकथुम हुँदै पाँचथरको रवि सम्म पुग्यो । एकतप्पाको केही भागमा र आमचोक, फुएतप्पाको माथिल्लो भाग छुँदै रवि पुगे पनि सबै क्षेत्रमा अहिले सम्म सरकारी लाइन देखिँदैन । पछिल्लो १० वर्षमा फाकफोकथुम गाउँपालिकामा गाउँपालिका निर्माण भए पनि कुनै विकास हुन नसकेको नेकपा एमाले प्रचार विभाग सचिव तथा फाकफोकथुम गाउँपालिका वडा नं ३ का खेम सागर खनाल बताउँछन् । उनी भन्छन्, ‘राँके रबी बाटो धान खेती गर्ने अवस्थामा छ, खोलामा पुल छैन लगाएका होम पाइप पनि बाढीले बगायो, गाउँपालिकाको ६ र ७ नं मा विजुली पुगेको भए पनि अन्य ठाउँमा टुकीको भरमा छन, शैक्षिक क्षेत्र पिडादायक छ भने स्वास्थ्यको अवस्था झन् पिडादायक रहेको छ ।’ विकट भएकै कारण गाउँपालिकामा कर्मचारी जान नमान्ने गरेका छन । सदरमुकाम आउन र जान समस्या हुने भए पनि गाउँपालिकामा कर्मचारीको पनि अभाव रहेको छ ।

चार वर्षको श्रमदान र प्रतिघर ४० हजार लगानीमा लघु जलविद्युत

त्यहाँका जनताले स्थानीय खोलाबाट लघु जलविद्युत निर्माण गरेर सञ्चालन गरेका छन । पाँच वटा गाविस मिलेर गाउँपालिका बनेको फाकफोकथुममा पाँचै वटा लघु जलविद्युत सञ्चालन भएका छन । जसका लागि चार वर्ष सम्म श्रमदान त गरे गरे प्रतिघर ४० हजार रुपैयाँ भन्दा बढी लगानीमा गाउँ उज्यालो बनाए । जसले गर्दा फुएतप्पा, आमचोक, कोल्वोटे र एकतप्पा साबिकका चार गाविस उज्यालो देखिन्छन् भने अन्य ठाउँ ठाउँमा पेल्टिसेटबाट उज्यालो देखिरहेको छ । त्यहाँ सञ्चालन भएका जलविद्युतको व्यवस्थापन गर्ने कर्मचारीलाई मासिक प्रतिघर दुई सय रुपैयाँ भन्दा बढी रकम उठाएर तलब खुवाई रहेका छन । त्यति मात्र होईन सञ्चालन भई रहेका लघु जलविद्युतका सामान बिग्रिँदा प्रत्येक घरबाट रकम उठाएर मात्र सामान खरिद गर्नुपर्ने हुन्छ । कतिपय सामान विदेशबाट मगाउनु पर्ने हुँदा महिना दिनण्सम्म पनि अन्धकार हुने गर्दछ । वर्खाको समयमा भेल र बाढीको कारण कुलोमा समस्या आउँदा पनि खेती पाती नभनी श्रम गर्न जानुपर्छ नत्र बेलुका विजुली आउँर्दैन । यहाँ निर्माण गरिएका लघु जलविद्युत सञ्चालन भएको १० वर्ष बिती सकेको छ । अव सुरुमा किनेका सामाग्री बिग्रिए भने जनताले फेरी किनेर बाल्ने अवस्था छैन त्यसले गर्दा २५ वर्ष पहिलेकै अन्धकार अवस्थामा पुग्ने धेरैलाई चिन्ता छ । पछिल्लो समय स्थानीय तहले मर्मतका लागि थोरै रकम छुट्टाएर केही सहज बनाए पनि एउटै गाउँपालिकामा धेरै वटा लघु जल विद्युत् सञ्चालन हुँदा सानु रकम मात्र एउटा आयोजनाले पाउने गरेका छन । जसले गर्दा कुन दिन के समस्या आउँछ थाहा हुँदैन । फाकफोक खोला तेस्रो लघु जलविद्युत आयोजनाका सचिव रमेश खतिवडा पावर हाउसमा प्रयोग भएका सामान १४ वर्ष भैसकेको र त्यसको मर्मत सम्भारका लागि आर्थिक अवस्था नभएको भन्दै बर्षेनि कुलो भत्किने र मुहान बगाउने गरेको कारण समस्या आइरहेको बताउँछन् । आयोजनामा फलामको पोल प्रयोग हुन नसक्दा दैनिक विद्युतमा फल्ड आउने गरेको छ ।

न खोलामा बने पक्की पुल, न कालोपत्रे सडक

फाकफोकथुम गाउँपालिका क्षेत्रमा छ वटा खोला रहेका छ । तर कुनै पछि खोलामा पक्की पुल पनि बनेको छैन । गाउँपालिकाले खोला तर्न केही सहज हुन्छ कि भनेर खोलामा हेमपाईप लगाए पनि वर्खाको बाढीले बगाएपछि पहिलेकै अवस्थामा पुगेको छ । फाकफोकथुम गाउँपालिका पुग्नु मुख्य सडक भनेको इलाम र पाँचथरको सिमानामा रहेको राँके रवी सडक पैदल हिन्न नसक्ने अवस्था बनिसकेको छ । जुन सडक प्रधानमन्त्री हुँदा केपी ओलीले शिलान्यास गर्दे अव तत्काल निर्माण हुने बताएका थिए । उक्त सडक नबन्ने अवस्था र चुनाव आउने भए पनि इलाम र पाँचथरबाट निर्वाचन जितेका नेताले तत्काल ठेकेदारलाई कारबाही गर्न संयुक्त हस्ताक्षर सहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । नेताको यो ज्ञापन पत्र बाटो बनाउन भन्दा पनि चुनावमा भोट माग्ने बाटो बनाएको देखिन्छ । निर्वाचन जिते पछि पाँच वर्षमा दुई पटक यस क्षेत्रमा आउने र भोट माग्ने बाहानका लागि ज्ञापन पत्र देखाएको स्थानीयको आरोप छ ।

 

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved