साँखेजुङ होटलमा आगलागि, तीनलाख ५० हजार क्षति: 'दमकल कहिल्यै समयमा नपुग्ने सर्वसाधारणको गुनासो'

  • भदौ २, २०७९
  • भगीरथ भण्डारी
alt

धरान । इलाम नगरपालिकाको दमकले आगो लागि हुँदा आगलागी भएको स्थानमा कहिल्यै समयमा पुग्दैन । धेरै जसो बिग्रिरहने भएकोले बजार आसपासमा भएका आगलागी नियन्त्रण गर्ने समयमै नपुग्दा ठूलो क्षति व्यहोर्नुपर्र्ने अवस्था आउछ ।

तर, बुधबार भएको आगलागीमा भने खवर पाएको पाँच मिनेट नवित्दै घटना स्थलमा आएर आगो नियन्त्रण गर्न सफल भएको हो । इलाम चोकबजारको ट्याक्सी स्टेनमा रहेको साँखेजुङ होटलमा बुधबार भएको आगलागी नियन्त्रण गर्न इलाम नगरपालिकाको दमकल समयमै पुगेको थियो । होटलमा भएको आगलागीबाट तीनलाख ५० हजार क्षति भएको प्रहरीले जनाएको छ । ग्याँस लिक भएर शुरु भएको आगो २० मिनेटपछि नियन्त्रमा आएको थियोे । आगलागी शुरु भएको १० मिनेट नवित्दै इलाम नगरपालिकाको दमकल आएर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट होटलमा भएका सम्पूर्ण सामाग्री जलेर नस्ट भएका छन । होटलमा राखेका खाद्यवस्तु सबै नस्टहुनुका साथै भित्र बनाइएका सम्पूर्ण संरचना नस्ट भएका छन् ।

पटक पटक विवाद आएको दमकल

आगलागी हुँदा विवादमा आउने गरेको इलाम नगरपालिकाको दमकल नौ वर्ष अघि ताप्लेजुङको आगलागीमा पुग्न भ्याएको थियो भने, नेपालटारको आगलागीमा आगो निभाएको थियो । त्यो बाहेक यो दमकलले इलाम बजार वरिपरिका दुईचार वटा घरमा भएको सामान्य आगो निभाउन प्रयोग गरिएको थियो ।

ताप्लेजुङपछिको ठूलो आगो इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा आगलागी हुँदा इलाम नगरपालिकाको दमकललाई पनि आकस्मिक रुपमा प्रयोग गरिएको थियो । तर इलाम नगरपालिकाको दमकल आधा बाटो नपुग्दै ‘बिग्रिएर’ अगाडि जान सकेन । बढी हिट भएर दमकलको इन्जिन तातिएपछि दमकल अगाडि जान नसकेपछि इलाम नै फर्काइएको थियोे । झन २०६७ सालमा भएको आगलागीमा इलामको दमकल समयमै नपुगेका कारण आगालगाीबाट ठूलो क्षति व्यहोर्नु परेको थियो । लोकतन्त्र प्राप्तिपछि आन्दोलनका शहीदका नाममा इलाम चोकबजारमा बनिएको शहिद स्तम्भ नै दमकलका कारण बजारबासीले ध्वस्त बनाइदिएका थिए । त्यतिबेला इलाम बजारमा आगलागी भएको थियो ।

आगलागी हुँदा इलामको दमकल इलाममा थिएन र कुनै कामका लागि अन्यत्र गएको पनि थिएन । बिग्रिएको भनेर दमकल झापाको बिर्तामोड पुर्‍याइएको थियो । त्यसबेला इलाममा सुनसरीबाट दमकल बोलाउनु परेको थियो । आगलागी नियन्त्रण गर्न दमकल प्रयोग हुन नसकेपछि त्यही विषयले चर्को रुप लिँदै जाँदा शहिदको नामको स्तम्भ नै तोडिएको थियो । पटक पटक विवादमा तानिने गरेको इलाम नगरपालिकाको दमकल बुधबार भने समयमै आउँदा आगो नियन्त्रण गर्न सफल भएको छ । नगरपालिकाले कार्यालयमा रहेको दमकललाई सँधै कण्डिसनमा राखेको कारण अहिले दमकलमा समस्या नभएको बताइएको छ ।

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved