अस्पतालले विरामीलाई विमा रोकिएको जानकारी नै दिँदैनन्: विमाबाट उपचार शुरु गर्छन्, अन्तिममा रकम असुल्छन्

  • श्रावण १२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । सरकारले विमावापतको रकम भुक्तानी नदिएको भन्दै अस्पतालहरुले वीमा कार्यक्रम रोकिदिएपछि सबै भन्दा बढी विरामीहरु परेका छन् ।

नेपाल सरकारले सर्वसाधारणको सहज उपचार गर्ने उद्देश्यले ल्याएको कार्यक्रम बीमा कम्पनीबाट वीमा वापतको रकम भुक्तानी नदिएको भन्दै ठूला अस्पतालहरुले रोकिदिएका छन् ।

अझ वीमा कार्यक्रम रोकिए पनि विमाबाट नै उपचार गर्ने र पछि अस्पतालहरुले पैसा माग्ने प्रवृत्तिका कारण सर्वसाधारणले झनै हैरानी व्यहोर्नु परेको छ ।

शुरुमा विमाबाट उपचार थाल्ने र पछि रकम असुल्ने प्रवृत्तिका कारण सर्वसाधारणदे दुःख पाएका हुन् ।

यस्तै घट्ना घटेको छ विमल खतिवडालाई । असार २४ गते दुर्घटनामा परेर घाइते भएपछि उनलाई विराट मेडिकल कलेजमा उपचारको लागि लगिएको थियो । उनका काका दुर्गाप्रसाद खतिवडाले उनलाई अस्पतालमा उपचारका लागि लगेका थिए । विमा गरेका र विगतमा समेत विमाबाटै उपचार गराउदै आएका खतिवडाले विमावापत नै उपचार गराउने उद्दश्यले त्यहा आएका थिए ।

काका दुर्गाप्रसादले भने–‘शुरुमा हामीले विमामार्फत नै उपचार शुरु ग¥यौं, उपचार गराउने क्रममा भतिजको क्रमक रुपमा सुधार हुदै गयो, अस्पतालले घर लैजान भनेपछि लाने तयारी गर्दा अस्पताल प्रशासन र अस्पताल परिषरमै रहको फर्मेसीले रकम मागेपछि छाँगाबाट खसेजस्तो भइयो ।’ उनले मंगलवार भतिजलाई डिस्चार्ज गर्नका लागि हिसाब मिलाउन १० बजेतिर फार्मेसी पुग्दा फार्मेसीले औषधिको रकम मागेपछि अचम्मित भएको बताए उनले भने–‘फार्मेसीले औषधिमा लागेको सबै पैसा माग्यो । यस सम्बन्धमा अस्पताल प्रशासनमा गएर बुझे, अस्पताल प्रशासनले पनि सरकारले नै बिमा बन्द गराएको जवाफ दियो ।’

यस्तो समस्या भोग्ने उनीमात्र एक्ला होइनन् । केही समय अगाड दुहवीका बालकृष्ण गौतम सडक दुर्घटनामा परी घाइते भए ।

यस्तो समस्यामा पर्ने खतिवडामात्र एक्लो होइनन् । यस्तै प्रकृतिको घटना दुहवीका बालकृष्ण गौतमलाई समेत परेको छ । सडक दुर्घटनामा परी घाइते भएका गौतमलाई खतिवडाजस्तै अस्पताल प्रशासन र फार्मेसीले अन्यौलमा राखेको थियो । शुरुमा विमाबाट उपचार शुरु गरेका गातैमलाई समेत अन्तिममा डिस्चार्ज हुने समयमा रकम असुलेको उनकी श्रीमति मेनुकाले बताइन् । उनले भनिन्–‘विमाबाट उपचार हुन्छ भनेर उपचार खर्च पनि पर्याप्त ल्याएन, अहिले डिस्चार्ज हुने समयमा रकम मागे, रकम कहाँबाट ल्याउनु ?’

यो त उदाहरणमात्र हो, प्रदेश नं. १ मा रहेका केही अस्पतालले विमा बोर्डबाट वीमावापतको रकम नदिएको भन्दै कार्यक्रम नै रोकिदिएपछि सर्वसाधारण अहिले अन्यौलमा परेका छन् । उपचार विमाबाट नै शुरु गरेपनि अन्तिममा अस्पताल प्रशासन र फार्मेसीले रकम असुल्ने गरेको गुनासो धेरैले गरेका छन् ।

मोरङमा मात्र हैन यही नियति झापाका अस्पतालहरुले समेत गर्ने गरेको पाइएको छ । मोरङको नोबेल अस्पताल र विराट अस्पतालले बिमा मार्फत उपचार गराई डिस्चार्ज हुने बेलाका बिरामीलाई बिमा रोकिएको भन्दै थप रकम मागेका गरेको सर्वसाधारयाको गुनासो आएसँगै झापाको विएन्डसी अस्पताल र लाइफ लाइन अस्पतालमा समेत यही प्रवृत्तिको नियति हुने गरेको उपचारमा जाने विरामी तथा विरामीका आफन्तले बताएका छन् ।

नोबेल मेडिकल कलेजमा बिमा गराएकाले ओपिडीमा दैनिक १ हजार दुई सय भन्दा बढिले सेवा लिने गरेका छन् । दैनिक २ सय भन्दा बढी बेड भर्ना हुने खालका बिरामी आउने गरेको डाक्टर राजेश नेपालले बताए ।

गत वर्षकै ७० करोडभन्दा बढी रकम बिमावोर्डले तिर्न बाँकी रहेकाले आर्थिक संकट खेप्न नसकेर बन्द गरेको नेपालले बताए । यस्तै विराट मेडिकलमा ओपिडीमा १ हजार भन्दा बढीले सेवा लिने गरेको विराट मेडिकल अस्पतालका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले बताए ।

स्वास्थ्य बिमा बोर्ड प्रदेश १ का अनुसार १ सय ८ वटा स्वास्थ्य संस्था मध्ये २५ वटा निजी अस्पतालहरूले बिमा कार्यक्रम लागु गरेका थिए । अब ४ वटाले नगर्ने भएपछि २२ वटा निजी अस्पतालहरूले मात्रै बिमाबाट उपचार गराउने छन् । बिमावोर्डले भने ४ वटा अस्पताललाई कालो सूचीमा राख्दै साउन १० देखि बिमाको सुविधा हटाएको छ । प्रदेश १ मा १८ लाख ५२ हजार ८ सय ८३ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

प्रदेश बिमावोर्डका प्रमुख दुर्गाप्रसाद आचार्यका अनुसार प्रदेशमा झापामा सबैभन्दा बढीले बिमा गराएका छन् भने सबै भन्दा कम सोलुखुम्बुका जनताले बिमा गराएका छन् । झापामा ६ लाख १ हजार ४५ जनाले बिमा गराएका छन् भने सोलुमा ८ हजार ९ सय ४५ जनाले बिमा गराएका छन् । यस्तै भोजपुरमा ३४,३१३, धनकुटामा २८,१७० इलाममा १ लाख २७ हजार ०२८ जनाले बिमा गरेका छन् ।

यसैगरी खोटाङमा ४९ हजार ३सय ४५, मोरङमा ४ लाख १५ हजार ८ सय ८८ र सुनसरीमा ४ लाख २९ हजार १ सय २५ जनाले बिमा गराएका छन् । ओखलढुङ्गामा ३८ हजार ३ सय १० पाँचथरमा २१ हजार ६ सय ११ , ताप्लेजुङमा १२ हजार ४ सय ९८ तेह्रथुममा १२ हजार ५ सय र उदयपुरमा ४५ हजार ५ सय ४ जनाले बिमा गराएका थिए । जसमध्ये १५ लाख ८१ हजार १ सय ७१ जनाले प्रिमियम (पैसा) तिरेर बिमा गराएका छन् ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved